प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) नेपालको हितमा रहेको आफ्नो धारणा दोहो¥याउनुभएको छ । उहाँले आज नुवाकोटको किस्पाङ गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्दै सो धारणा राख्नुभएको हो ।
सो कार्यक्रममा उहाँले हालै प्रतिनिधिसभाबाट पारित भएको उक्त एमसिसी परियोजनाका बारेमा गरिएका नकारात्मक टिप्पणीहरु भ्रममात्र भएको पनि स्पष्ट गर्नुभयो । उहाँले यस परियोजनाको विरोध गर्ने एमाले नेता भीम रावलले आफैँ मन्त्रिपरिषद्मा रहँदा सो परियोजना पास गरेको तर अहिले आएर विरोध मात्र गरेको प्रसङ्ग उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री देउवाको प्रश्न थियो, “आफैँ मन्त्री भएका बेला मन्त्रिपरिषद्बाट पास गरेका भीम रावलले त्यसबेला किन आलोचना गर्नुभएन? त्यतिबेला राजीनामा नदिएर के हेरेर बसेको?” देउवाले आक्रोशित हुँदै भन्नुभयो, “आफू पार्टीको नेता र मन्त्री हुँदा आफँैले मन्त्रिपरिषद्बाट पारित गर्ने अनि अहिले किन विरोध गर्दैछन्? विरोध गर्ने भए त्यसैबला मन्त्रीबाट राजीनामा दिएर बाहिर आउनुपर्दैनथ्यो?”
प्रधानमन्त्री देउवाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा ल्याएको प्रस्तावलाई आफूले पारित गरेको पनि स्पष्ट गर्नुभयो ।
प्रधानमन्त्री देउवाले रावल मन्त्री हुँदा एसमसिसीको प्रक्रिया अघि बढेको पटक पटक सुनाउनुभयो । उहाँले सो कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा एमसिसीका बारेमा जवाफ दिनैपर्ने भो भन्दै पूर्वमन्त्री एवं एमाले नेता रावलप्रति आक्रोश पोख्नुभएको थियो । रासस
प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्