नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफु प्राधिकरणको नेतृत्वमा आइपछि ९५ प्रतिशत जनतामा बिद्युतको पहुँच पुगेको दाबी गरेका छन्।
सोमबार काठमाडौंको बौद्धमा आयोजित पाँच दिने सिद्धिमन्त्र जप साधना कार्यक्रममा घिसिङले यसअघि ६० प्रतिशतमा रहेको बिद्युतको पहुँच ९५ प्रतिशतमा पुर्याइएको दाबी गरे।
उनले कर्णाली प्रदेशका बिकट जिल्ला र गाउँहरुमा अझै पनि बिद्युतको पहुँच पुग्न नसकेको उल्लेख गर्दै अबको केही समयभित्रै सबै स्थानमा बिद्युत सेवा उपलब्ध गराउने बताए।
दूरदराजमा रहेका जनतालाई बिद्युत पुराउनुपर्छ भन्ने लक्ष्यका साथ प्राधिकरणले आफ्ना कामकारबाही अघि बढाएको उल्लेख गर्दै उनले डोल्पा, मुगु, हुम्लामा बिद्युतको पहुँच अझैपनि सहज नरहेको अवस्थामाा सबै स्थानमा केन्द्रीय प्रशारणको बिद्युत पुराउने योजना सुनाए।
उनले बिकट गुम्वामा पनि बिद्युतको पहुँच पुर्याउन प्राधिकरण प्रतिवद्ध रहेको जानकारी दिए।
पाँच दिने सिद्धिमन्त्र जप साधना कार्यक्रम अन्तर्गत चैत्र २ गतेसम्म दश अरव पटक सिद्धि जप वा अभ्यास तथा डोल्पो बुद्धबाट दिर्घायु सशक्तिकरण र एक लाख त्सोक पुजा चैत्र तीन गते हुने आयोजकहरुले बताएका छन्।
डोल्पो बुद्ध गुरु रानाक टुल्कु रिन्चेन रिम्पोचे पाँचौ औतारी लामाका अनुसार, नेपाल लगाएत विश्वभरको महमारी रोग र अनिकालको बिषम परिस्थीति सवै निर्मुल भई सवै ठाँउमा मंगलको कामनाका लागि लाखौ गुणा महिना अथवा ऋसद्ध प्रतिहार्य महिनाभित्र सिद्धिमन्त्र जप साधना आयोजना गरिएको हो।
हरेक बर्ष यस पूजाको समयमा १० अर्व पटक सिद्धीजप तथा अध्यास, १ लाख पटक तारा जप तथा अभ्यास, १० हजार पटक महाकाला र १ लाख पटक छोग अर्पण पूजा हुने गर्दछ।
प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय