हिमाल दैनिक
नेपालको बैंकिङ क्षेत्र र व्यवसाय क्षेत्र सबै घालेमाले भएको छ: अर्थमन्त्री शर्मा
aartha mantri_janardan-sharma
अर्थमन्त्री जनार्दन शर्माले बैंकिङ र व्यवसायीक क्षेत्रमा समस्या देखिएको भन्दै यस क्षेत्रको व्यवस्थापन गर्न चूनौति रहेको बताएका छन् । शुक्रबार ललितपुर उद्योग वाणिज्य महासंघको ५५ औ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले नेपालको बैंकिङ र व्यवसायीक क्षेत्र सबै घालेमाले भएको भन्दै समस्या पैदा भएको भन्दै यसको चूनौतिपूर्ण व्यवस्थापनका लागि सुझाव आवश्यक रहेको बताएका हुन् । मन्त्री शर्माले भन्नुभयो, ‘पछिल्लो समयमा बैंकको ब्याजदर जसरी वृद्धि भएको छ, त्यसले उद्योग वाणिज्य क्षेत्रमा एउटा उद्योग व्यवसायीहरुलाई समस्या पैदा भएको छ । त्यसलाई कसरी समाधान गर्ने भनेर मैले वृहत छलफल शुरु गरेको छु । राष्ट्र बैंकसँग परामर्श गरिरहेको छु र यसलाई निकास दिनुपर्छ भन्ने मान्यतामा अर्थमन्त्रालय लागिरहेको छ । यो बैंकहरुले स्वतः आफैँ बढाउन पाउने खालको नीति बनिएको रहेछ । त्यो नीतिअनुसार अहिले ब्याजदर रेट निर्धारण गर्ने अधिकार स्वयं बैंकहरुको आफ्नो एशोसिएशनले गर्ने भएको हुनाले उहाँहरुसँग पनि छलफल गरेर यसलाई एउटा बीचको बाटो खोज्नुपर्ने आवश्यक्ता छ । मैले उत्पादन क्षेत्रको लोन त्यसलाई बेस रेट भन्दा दुई प्रतिशत बढी बनाउन हुँदैन भनेर राष्ट्र बैंकलाई सल्लाह दिएको छु । त्यो निर्णय गर्न र अन्य ब्याजलाई पनि एउटा निश्चित रेन्ज भन्दामाथि नजाने गरेर निर्धारण गर्नुपर्छ नत्र भने व्यवसायीहरुले एउटा स्तरमा लिएको ऋण ब्याज बढेर असफल हुने अवस्था सिर्जना हुन्छ । त्यसकारणले व्यवसायलाई बढाउनु पर्छ भन्ने कुरामा छलफल भइरहेको छ र हामी यसमा छिटै निकास निकाल्ने छौँ । नेपालको बैंकिङ क्षेत्र र व्यवसाय क्षेत्र सबै घालेमाले भएको छ । यसले पनि एउटा समस्या पैदा भएको छ । यसको बारेमा पनि म तपाईहरुको धारणा लिन चाहन्छु । यसलाई कसरी व्यवस्थापन गर्ने हो । यो एउटा जटिल विषय छ । यसले पनि समस्या पैदा गरिरहेको छ ।’ मन्त्री शर्माले अहिले आयातमा निकै बृद्धि भएको अन्तराष्ट्रिय क्षेत्रको हरेक बस्तुमा मूल्यबृद्धि हुनुले बैंकिङ र व्यवसायीक क्षेत्रमा असर परेको धारणा राखे । उनले आयात प्रतिस्थापन गर्नका लागि ठोस र मुर्त रुपमा क्षेत्रहरु निर्धारण गरेर नै काम गर्नुपर्ने उल्लेख गरे । आयात प्रतिस्थापनका लागी उत्पादनमा सरकारले बिशेष जोड दिएको उनको भनाई छ । उनले नयाँ बजेट र नीति निर्माण गर्ने बेला आएकाले नीजि क्षेत्रको सुझाव आवश्यक रहेको र व्यवसायीक प्रवद्र्धन गर्ने उदेश्यले नै बजेट तयार गरिएको बताए । त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारी खर्च नहुने बिषय राष्ट्रिय रोग नै रहेको भन्दै यसका लागि नीति निर्माणमा ध्यान दिनुपर्ने बताए । उनले पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्न नसकेको भन्दै यस क्षेत्रमा लगाइएको सवै प्रकारका बन्देजहरु हटाइदिनुपर्ने धारणा राखे । कार्यक्रममा २५ वर्ष निरन्तर सङ्घको सदस्य भएका व्यक्तिलाई प्रशंसापत्र वितरण गरिएको थियो । यस्तै नेपालको संस्कृति र साहित्यमा योगदान पु¥याउने व्यक्तिलाई समेत सम्मान गरिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, चैत ४, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update