हिमाल दैनिक
एमसिसी राष्ट्र हितका लागि रहेकाले प्रस्ताव पेश गरेको गृहमन्त्री बालकृष्ण खाँणले बताए । विद्युतीकरण, बाटो निर्माणका लागि एमसिसी प्रस्ताव पेश गरेको बताउनुहँुदै यसले देशमा विकास हुने उनले जानकारी दिए । नेपाली कांग्रेस रामपुर नगरपालिका पाल्पाले शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने “एमसिसी नेपालका लागि फाइदा छ । यसका कारण देशमा रोजगारी बढ्नेछ, गरिबी हट्ने र अन्तर्राष्ट्रिय व्यापार बढ्ने छ । ” कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका गृहमन्त्री खाँणले एमसिसीका विषयमा भएका गलत प्रचार र भ्रमलाई अन्त्य गर्न जरुरी रहेकामा जोड दिए । उनले भने, “ स्थानीय तहको निर्वाचन हुन्छ । सरकार निर्वाचनका तयारीमा लागेको छ । यही सरकारले नै स्थानीय, प्रदेश र सङ्घ सरकारको निर्वाचन गराउने छ ।” उनले सबै नेपालीको हकहित र राष्ट्रियता, उद्योगी, व्यवसायी सबै क्षेत्रका नागरिकका लागि कांग्रेस पार्टी आवश्यक रहेको जनाउँदै २४सै घण्टा होटल तथा रेष्टुरेन्ट व्यवसाय खुला गरिएको बताए । लुम्बिनी प्रदेश सरकारका पर्यटनमन्त्री डिल्लीबहादुर चौधरीले पाल्पा पर्यटन क्षेत्रको प्रचुर सम्भावना बोकेको ठाउँ रहेको बताउदै प्रदेश सरकारबाट पर्यटन क्षेत्रमा सहयोग गर्दै जाने जानकारी दिए । कार्यक्रममा नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले आगामी निर्वाचनमा कांग्रेसलाई जिल्लाको पहिलो पार्टीका रूपमा स्थापित गर्ने दाबी गरे । उनले भने“ जिल्ला तहदेखि स्थानीय तहसम्मका सबै भातृ संस्था चलायमान बनाएर अबको निर्वाचनमा अग्रपङ्क्तिमा कांग्रेस आउने छौँ । ”
प्रकाशित मिति: आइतबार, चैत ६, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update