नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले आफ्नो कार्यसमिति विस्तार गरेका छन्।
नयाँ संविधानको संघीय शासन व्यवस्था अनुरुप कांग्रेसले केही समयअघि परिमार्जन पश्चात गरेको अधिवेशनबाट प्रदेश सभापति बनेका बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता समेत रहेको बानियाँले आइतबार आफ्नो कार्यसमितिमा प्रदेश सरकारका मन्त्रीदेखि पूर्व विद्यार्थी नेताहरुसमेतलाई सदस्यमा मनोनयन गरेका छन्।
प्रदेश कार्यालयबाट जारी विज्ञप्ति अनुसार, बानियाँले विधानको धारा १३ (६) बमोजिम सिन्धुपाल्चोकका निमा लामा, भक्तपुरका प्रदेश सभा सदस्य तथा मन्त्री कृष्णलाल भँडेल, सन्तबहादुर प्रजा मकवानपुर, प्रभात तामाङ्ग रसुवालाई सदस्यमा मनोनित गरेका हुन्।
यसैगरी सदस्यहरुमा तिलक रुवाली धादिङ, कल्पना नेपाली नुवाकोट, छिरिङ दोर्जे लामा काठमाडौं, अर्जुन न्यौपाने नुवाकोट, कैलाश कोइराला चितवन, राजु खरेल, गौरी दवाडी, हरिहर अधिकारी, भगवती कुमारी खड्का काठमाडौं, रमेश कुमार वखती र राजेश महर्जन ललितपुर र प्रभुराम श्रेष्ठ दोलखा रहेका छन्।
प्रकाशित मिति: आइतबार, चैत ६, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय