हिमाल दैनिक
नेपाल विद्युत प्राधिकरणले देशैभरका उद्योगहरुमा अघोषित लोडसेडिङको सुरुवात गरेपछि उद्योग व्यवसायीहरु उद्योग चलाउन फेरि समस्या उत्पन्न भएको गुनासो गर्न थालेका छन्। इटहरी र विराटनगरमा सञ्चिालित अधिकांश उद्योगमा विगत एक हप्ता अघिदेखि दैनिक १२ देखि १४ घण्टासम्म लोडसेडिङ हुन थालेपछि उक्त क्षेत्रका उद्योगीहरु छट्पटाउन थालेका हुन्। प्राधिकरणले उद्योगहरुमा लोडसेडिङ नगर्ने सार्वजनिक प्रतिबद्धता व्यक्त गरेतापनि कुनै आधिकारिक जानकारीविना नै एक सातादेखि वेलुका ६ बजेदेखि १४ घण्टा उद्योगको विद्युत कटौती हुने गरेको उद्योगीहरुले बताए। प्राधिकरणले एक साता अगाडि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गत मंगलबारबाट नियमित रुपमा उद्योगहरुमा चाहेको जति विद्युत उपलब्ध गराएर लोडसेडिङ हुन नदिने प्रतिवद्धता जनाएको थियो। तर, त्यसको ठिक विपरित प्राधिकरणको व्यवहार भएको उद्योगीहरुको गुनासो छ। सरकार तथा विद्युत प्राधिकरण आफैले ग्यासको खपत कम गरौंै खाना पकाउने विद्युतीय चुलो प्रयोग गरौ भन्दै प्रचार गर्ने तर, उद्योगमा अप्रत्यासित रुपमा लोडसेडिङ गर्नु गलत भएको रिलायन्स स्पिनिङ मिल्सका सञ्चालक शशिकान्त अग्रवालको दाबी छ। सरकार र प्राधिरकण बाहिर एउटा प्रचार गर्ने भित्र उद्योगमा विद्युत कटौती गर्नु उद्योगको लागि राम्रो नभएको भन्दै अग्रवालले उद्योग, कलकारखानामा तत्काल विद्युत उपलब्ध गराउन माग गरे। विगत केही हप्तादेखि चलिरहेको रुस÷युक्रेन युद्धको कारण भारतबाट तत्कालका लागि प्राधिकरणले भारतबाट वद्युत आपूर्ति गर्न समस्या उत्पन्न भएर क्षणिक समयका लागि प्राधिकरणले लोडसेडिङ गरेको अवस्थामा बाहेक लामो समय लोडसेडिङ हुने अवस्थामा उद्योगीले व्यवसाय धान्न नसक्ने जिकिर उनले गरे। अग्रवालले भने, ‘हिजोसम्म हामीलाई थाहा भएकै कुरा हो। सरकारले खाना पकाउन ग्यास प्रयोग नगरौंँ। खाना पकाउन विद्युतीय चुलो प्रयोग गरौं भनेर व्यापक रुपमा विद्युत प्राधिकरणले प्रचारप्रसार गरेको थियो। अहिले अप्रत्यासित रुपमा उद्योगमा लोडसेडिङ भएको छ। वर्षा सुरु हुनुभन्दा पहिले र जाडोपछि खपत बढ्ने तर, नदीमा पानी कम हुने हुन्छ। यही समयमा नेपालमा विद्युत खपत बढ्ने हुन्छ। तर, यहिबीचमा रुस र युक्रेनबीच युद्ध भएको कारण भारतमा कोल आयात भएको छैन । भारतबाट विद्युत आयात गरिरहेका छौं। अहिले अप्रत्याशित विद्युत अभाव भएको छ। सरकारले उद्योगलाई कसरी विद्युत दिने भन्ने कुरामा योजना बनाउनु पर्छ।’ उनले छोटो समयका लागि उद्योग चलाउन सकिए पनि लोमो समय लोडसेडिङ भएमा समस्या आउने बताए। त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सका व्यवस्थापक महेशकुमार पोखरेलले स्पिनिङ उद्योगमा एक सातादेखि निरन्तर रुपमा विद्युत आपूर्ति कटौती भएको जानकारी दिए। उनका अनुसार, प्राधिकरणले कुनै जानकारी विना एक हप्तादेखि वेलुका ६ बजेपछि १४ घण्टा उद्योगमा लोडसेडिङ हुने गरेको छ। उद्योगमा लामो समयदेखि विद्युत आपूर्तिमा पटक–पटक न्यन पावर ट्रिपिङ तथा विद्युतको भोल्टजका कारण उत्पादनमा समस्या आउने गरेको गुनासो गर्दै पोखरेलले १४ घण्टा लोसेडिङ हुँदा उद्योग सञ्चालनमा थप समस्या उत्पन्न भएको बताए। उनले सम्बन्धित निकायमा लोडसेडिङ तथा न्यन पावर भोल्टेजको समस्या राख्दा अहिलेसम्म पनि सुनुवाई नभएको गुनासो गर्दै आफ्नो उद्योगमा ४ हजार कर्मचारी रहेकोले २४ घण्टा चलाउनु पर्नेमा अहिले १४ घण्टा लोडसेडिङ भएपछि लागत खर्च बढेको गुनासो गरे। उद्योगमा बस्ने कर्मचारीको लागि छुटै लाइनबाट विद्युत दिएकोमा त्यो विद्युत समेत कटौती गरिएको उनको दाबी छ। उनले भने, ‘केही वर्षदेखि उद्योगहरुमा लोडसेडिङ नभएता पनि पटक पटक न्युन पावर ट्रिपिङ, पावर भोल्टेजका कारण उत्पादनमा कमि आउँदा समस्या त छँदैथियो। पछिल्लो समय केही हप्तादेखि वेलुकी ६ बजेदेखि १४ घण्टासम्म विद्युत कटौती हुन थालेपछि उद्योग चलाउन मात्र होइन, उद्योगका २ हजार कर्मचारीले आवासमा समेत समस्या भोग्नु परेको छ।’ आफहरुले भोग्दै आएको समस्याबारे पटक पटक सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदा पनि सुनुवाई नभएको गुनासो उनले पोखे। त्यस्तै, विराटनगरमा सन्चालित शिवम् प्लाष्टिक उद्योगका सञ्चालक निखिल अग्रवालले बैंकको व्याज, ढुवानीको लागत बढ्दै गएको अवस्थामा प्राधिकरणले उद्योगहरुमा लोडसेडिङ गर्नु गलत भएको प्रतिक्रिया दिए। यसरी प्राधिकरणले अघोषित रुपमा घण्टौँसम्म विद्युत कटौती गर्दा उद्योग नै बन्द गर्नू पर्ने अवस्था आउने खतरा बढ्दै गएको गुनासो उनको छ। प्राधिकरणका प्रमुखको भनाइप्रति प्रश्न गर्दै उनले भने, ‘एक सातादेखि विद्युत प्राधिकरणले उद्योगमा दैनिक १२ देखि १४ घण्टाको लोडसेडिङ गरिरहेको छ। अहिले बैंकको ब्याज त्यति कै बढ्दै गएको छ। ढुवानीको लागत बढ्दै गएको छ। उद्योगलाई १२ देखि १४ घण्टा डिजेलमा चलाउन सकिन्छ? कुनै पनि हालतमा सम्भव छैन। त्यसको प्रभाव सर्वसाधरण जनतालाई पर्ने हो।’ उद्योगलाई विद्युत दिने कुरामा सरकार गम्भिर हुनु पर्ने बताउँदै उनले अन्यथा उद्योग बन्द गर्नु पर्ने बाध्यात्मक परिस्थितिको श्रृजना भएमा यसले देशको अर्थतन्त्रमै जटिल समस्या निम्त्याउन सक्ने आशंका व्यक्त गरे। अहिले देशैभरका उद्योगीहरुले उद्योगमा पूर्व जानकारी विना १४ घण्टा लोडसेडिङ भएको भन्दै विरोध जनाइ रहेकाछन्। रुस–युक्रेन युद्धको कारण भारत र नेपालको ऊर्जा क्षेत्रमा समस्या उत्पन्न भएको बताइन्छ। जसको कारण भारतमा विद्युत महँगो भएको छ। एक साता अगाडि नेपाली ३८ रुपैयाँसम्म पुगेको प्राधिकरणले बताएको थियो। ३८ रुपैयाँमा भए पनि भारतबाट विद्युत खरिद गरेर नेपाली उद्योगलाई विद्युत आपूर्ति गर्ने प्राधिकरणले बताए पनि उद्योगमा लोडसेडिङ नहटेको उद्योगीहरुले बताएका छन। अहिले नेपालले महँगो मूल्यमा पनि भारतबाट बिजुली आयात गर्न सकेको छैन। करिब साढे ३ सय मेगावाट बिजुली अभाव हुन थालेपछि प्राधिकरणले ठूला उद्योगहरूमा रातिमा बिजुली काट्न थालेको बताएको छ। विद्युतमा देखिएको ट्रिपिङ, न्यून भोल्टेजलगायत समस्याबाट नियमित तालिकाअनुसार उद्योग सञ्चालन गर्न नसक्ने, एकाएक विद्युत् आपूर्ति बन्द हुँदा करोडौं रुपैयाँ पर्ने मेसिनमा क्षति पुग्ने, उद्योग सञ्चालन नहुँदा कामदार र कर्मचारीको तलब, ज्याला बढ्नेलगायतका समस्या देखिएको उद्योगीहरुको गुनासो रहेक
प्रकाशित मिति: आइतबार, चैत २०, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update