नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दिल्लीस्थित नेपाली दूतावासमा लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा नराखेको भन्दै आपत्ति जनाएका छन्।
आइतबार काठमाडौंमा नेपााल बुद्धिजीवी परिषद्को राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै ओलीले दूतावासमा टाँगिएको नेपालको नक्सा अंकित फोटोमा नयाँ चुच्चे नक्साको सट्टा बुच्चे नक्सा राखिएको भन्दै यो भन्दा राष्ट्रिय दलाली, राष्ट्रको गौरव र शीर निहु¥याउने लज्जाजनक काम अरु हुन नसक्ने दाबी गरे।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा तीन दिने भ्रमणका लागि नयाँ दिल्ली पुगेका प्रधानमन्त्री देउवाको भ्रमणको सन्दर्भमा नयाँदिल्लीस्थित नेपाली दूतावासमा पुरानै नक्सा राखिएको समाचार प्रकासित भएपछि उक्त विषयले चर्चा पाएको थियो।
सोही विषयलाई नयाँ मुद्दा बनाउन भ्याएका ओलीले यसअघि प्रधानमन्त्री देउवाको सचिवालय र नेपाल सरकारको नाममा तस्वीरमा सरकारका १००दिन नामक पुस्तकमा पनि पुरानै नक्सासहितको सरकारी लोगो छापिएपछि सार्वजनिक वितरणमा नल्याइएको पस्तकको प्रसंगमा ओलीले चुच्चे नक्सा हटाइएको र सरकारले भौगोलिक अखण्डताप्रति खेलबाड गरेको आरोप लगाएका थिए।
दुई वर्षअघि भारतीय सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको नेपाली भूभाग समेटेर राजनीतिक नक्सा प्रकासित गरेपछि सरकारको नेतृत्व गरिरहेका ओलीले तत्काल नेपालको नयाँ नक्सामा उक्त क्षेत्र समेटेर नयाँ नक्सासहितको निसान छापलाई संविधानमै संशोधन गर्ने वातावरण निर्माण गरेका थिए। जसमा संसदमा रहेका सबै दल र सांसदहरुले सर्वसम्मत अनुमोदन गरेका थिए। उक्त कदमलाई भारतले अस्विकार गरेको थियो।
त्यसपछि लगत्तै ओली सरकारकै पालामा तत्कालिन नेकपा डब्बल नेतृत्वको सरकारका शिक्षामन्त्री गिरिराजमणी पोखरेलले पार्टीका पूर्व केन्द्रीय सदस्यहरुलाई लगाएर जनक शिक्षा सामाग्री केन्द्रबाट नेपालको नयाँ नक्सासहितको पाठ्यपुस्तक प्रकासित गराएका थिए। तर, उक्त पुस्तकमा नेपालको नक्साबाहेक अक्षांश, देशान्तरमात्रै गलत होइन, क्षेत्रफलको लम्बाई, चौडाई पनि केही उल्लेख नगरिएको बखतमै भारतीय पक्षबाट परेको दबाबपछि ओलीले उक्त पुस्तक सार्वजनिक विक्री वितरणमै रोक लगाएका थिए।
https://www.himaldainik.com/7619/2020/
अहिले पनि दूतावासमा राखिएको तस्वीरको विषयमा औंला उठाउँदै ओलीले प्रधानमन्त्री देउवाको दिल्ली भ्रमणको उद्देश्यप्रति नै प्रश्न उठाए।
त्यस्तै अध्यक्ष ओलीले अहिलेको पाँच दलीय गठबन्धनले सत्ताका लागि राष्ट्रियता र भौगोलिक अखण्डताप्रति सौदाबाजी गरेको आक्षेप लगाए।
पाँच दलिय गठबन्धनको ध्यान कुर्सी, सत्ता, भ्रष्टचारमा मात्र केन्द्रीत भएको उनले आरोप लगाए।
ओलीले पाँच दलले पाँचतीरबाट आफुहरुलाई घेराबन्दी गरेको भन्दै एमालेले उनीहरुको घेरावन्दी तोड्ने दावी गरे। उनले पाँच बर्षे सरकार ढालेर प्रचण्ड र माधव नेपालले मुलुकमा अस्थीरता निम्ताउन खोजेको र दक्षिणपन्थी सरकार बनाएको आरोप पनि लगाए।
प्रकाशित मिति: आइतबार, चैत २०, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय