हिमाल दैनिक
सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले नेपालको संविधानबमोजिम मुख्यमन्त्री त्रिलोचन भट्टको सिफारिसमा आज साँझ मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ । प्रदेश प्रमुख जोशीले आन्तरिक मामिला तथा कानूनमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता डा रणबहादुर रावल तथा कांग्रेसकै गोविन्दराज बोहरालाई सामाजिक विकास मन्त्रीमा नियुक्त हुनुभएको छ । नेकपा ९एकीकृत समाजवादी० का प्रकाशबहादुर रावल आर्थिक मामिलामन्त्रीमा नियुक्त हुनुभएको छ । कांग्रेसका टेकबहादुर रैकालाई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त गरिएको छ । नेकपा एकीकृत समाजवादीका कुलवीर चौधरी भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा र अमरबहादुर साउद अर्थ राज्यमन्त्रीमा नियुक्त हुनुभएको छ । नेकपा एकीकृत समाजवादीले आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का र आर्थिक मामिलामन्त्री तारालामा तामाङलाई फिर्ता बोलाएको छ । यसैगरी सो पार्टीले भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी, अर्थ राज्यमन्त्री माया तामाङ बोहरा र सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउदलाई पनि फिर्ता बोलाएको छ । प्रदेश प्रमुख जोशीले प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा आजै साँझ नवनियुक्त मन्त्री र राज्यमन्त्रीलाई पद तथा गोपनीयताका सपथ गराउनुभएको छ । रासस
प्रकाशित मिति: शुक्रबार, चैत २५, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update