हिमाल दैनिक
नेपाल प्रहरीको आइजीपीमा सिंह र सशस्त्रको प्रमुखमा अर्यालको बढुवा
Police and apf ig
सरकारले भोलिदेखि रिक्त हुन लागेका दुई सुरक्षा निकाय नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको प्रमुखमा क्रमशः धिरजप्रताप सिंह र राजु अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ। सेवा अवधिका कारण दुबै संगठनका प्रमुखहरु भोलिदेखि सेवा निवृत्त हुन लागेपछि आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) धिरजप्रताप सिंह र सशस्त्रका एआइजी राजु अर्याललाई दुई संगठनको महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो। नेपाल प्रहरीको एआइजीमा एउटै व्याचबाट सेवामा प्रवेश गरेका विश्वराज पोखरेल, सहकुल थापा, रविन्द्र धानुक पनि प्रतितिस्पर्धाको दौडमा भएपनि एआइजी बढुवाको रोलक्रममा तेस्रो स्थानमा रहेका सिंहलाई गृहमन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदले बढुवा गरी प्रहरी संगठनको नेतृत्व दिने निर्णय गरेको हो। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा प्राथमिकतामा परेर बढुवा भएका पोखरेल र थापालाई उनीहरुभन्दा पछि बढुवा भएका सिंहले पछाडी पारेपछि पोखरेल र थापा असन्तुष्ट बनेका छन्।
प्रकाशित मिति: आइतबार, वैशाख १८, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update