त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनमा शङ्कास्पद वस्तु राखेको हल्ला चलेपछि बुधबार बिहान एक घण्टा आन्तरिक उडान प्रभावित भएको छ।
बुधबार बिहानै एक अपरिचित व्यक्तिले टेलिफोन गरेर विमानस्थलको आन्तरिक टर्मिनल भवनमा शङ्कास्पद वस्तु राखेको जानकारी दिएका थिए। उक्त सूचनाको आधारमा बम राखेको अपुष्ट खबर आएपछि विमानस्थलको आन्तरिक टर्मिनलमा जम्मा भएका यात्रुलाई बाहिर निकालिएको थियो। त्यसपछि बम निष्किय गर्ने टोलीले सर्च अपरेशन गर्दा कुनै पनि वस्तु नभेटिएकाले आन्तरिक उडान पुनःसुरु गरिएको थियो।
विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बिहान ९ बजेर ४० मिनेट र ९ बजेर ५० मिनेटमा एक पुरुषले आन्तरिक टर्मिनल भवनमा सात स्थानमा बम राखेको भन्दै फोन गरेको बताए। त्यसलगतै टर्मिनल खाली गरेर सर्च गर्दा केही नभेटिएपछि राजधानीबाट बाहिर जाने आन्तरिक उडानहरु पुनः संचालनमा आएको उनले बताए।
बिमानस्थलमा आएको उक्त फोनका विषयमा अनुसन्धान सुरु भएको जानकारी प्रहरीले दिएको छ।
प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय