हिमाल दैनिक
काठमाडौंमा बालेन र सुनिता अघि अघि, अरु प्रत्यासी धेरै पछि
balend and sunita
स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत काठमाडौं महानगरपालिकामा हालसम्म स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता कायमै गरेका छन्। निर्वाचन आयोगको अपरान्ह ४ बजेसम्मको मतपरिणाम अनुसार, काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार साहले आफेना प्रतिस्पर्धीलाई झण्डै डब्बल मतको अन्तरले पछि पारेका छन्। अहिलेसम्मको मत परिणाम अनुसार साहले २ हजार ८ सय २८ मतसहित अग्र स्थानमा रहेका छन् भन उनलार्ई नेकपा एमालेका उम्मेदवार केशव स्थापितले पछ्याइरहेका छन्। निकटत् प्रतिद्वन्दी स्थापित १ हजार ४ सय ३८ मतसहित दोस्रो स्थानमा छन् भने गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह १ हजार ३ सय ४० मतसहित तेस्रो स्थान रहेकी छिन्। त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका मेयरका उम्मेदवार मदनदास श्रेष्ठले २ सय ७६ मत प्राप्त गरेका छन्। यसैगरी अन्य राजनीतिक दल तथा मेयरका स्वतन्त्र उम्मेदवाहरुको मत परिणाम क्रमशः कलम १२, तराजु ४२, खड्ग ५, सुँगा १, तीर ७, साँचो १, किताव ४, आधा खोसेलो निकालिएको मकैको घोगो १, पुतली १, रिक्सा १, आँखीझ्याल २७७ रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय, काठमाडौंका शाखा अधिकृत प्रेमकुमार श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार उपमेयरको तर्फबाट काठमाडौं महानगरपालिकामा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल दोब्बर मतकासाथ अग्रता लिइरहेकीछिन्। डंगोलले अहिलेसम्मको मतगणना परिणामअनुसार २ हजार ८ सय ८४ मत प्राप्त गरेकी छिन् भने गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) पार्टीका उम्मेदवार रामेश्वर श्रेष्ठले ८२३ मत प्राप्त गरेका छन्। त्यस्तै अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुले क्रमशः ढल्केको छाता १, तराजु १२९, हलो ६७०, मादल १, हँसिया र तारा ४, चक्का (पाङ्ग्रो) २, कमलको फूल ३, हृदय २, खड्ग १, लौरो ३३७, क्याप १९, अर्ना २, आँखीझ्याल २९६ रहेको छ शाखा अधिकृत श्रेष्ठले अहिले काठमाडौं महानगरपालिकामा वडा नम्बर १,२,३,४,३१ र ३२ नम्बरको मतगणना जारी रहेको बताए।  
प्रकाशित मिति: आइतबार, जेठ १, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update