हिमाल दैनिक
वैशाख ३० गते सम्पन्न निर्वाचनको विषयमा नेकपा एमालेको पछिल्लो अभिव्यक्तिलाई नेपाली कांग्रेसले निर्वाचन परिणामको प्रारम्भिक रुझानबाटै अत्तालिएर दिएको गैरजिम्मेवारपूर्ण अभिव्यक्तिको संज्ञा दिएको छ। आइतबार एमालेले निर्वाचनको विषयमा विभिन्न १५ बुँदाको विज्ञप्तिमार्फत हालै सम्पन्न निर्वाचन स्वच्छ, स्वस्थ र निश्पक्ष वातावरणमा हुन नसकेको भनि आरोप लगाएपछि कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सोमबार एक विज्ञप्ति जारी गर्दै एमालेको अभिव्यक्तिलाई अत्तालिएर आएको गैरजिम्मेवारपूर्ण अभिव्यक्तिको पराकाष्ठा भनि प्रतिक्रिया दिएका हुन्। महतले विज्ञप्तिमा नेकपा (एमाले)का अध्यक्ष के.पी.शर्मा ओलीले बैशाख ३० गते निर्वाचन सम्पन्न भएपछि जारी विज्ञप्ति जारी गर्दै निर्वाचन निष्पक्ष गर्न प्रमुख भूमिका खेल्ने निर्वाचन आयोग, आयोगद्धारा परिचालित राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी र सम्बद्ध सबैलाई धन्यवाद दिएको स्मरण गरेका छन्। ओलीको विज्ञप्ति स्मरण गर्दै उनले भनेका छन्, ‘तर, निर्वाचनको परिणाम आफूले दावी गरेजस्तो नआएपछि निर्वाचनको सम्पूर्ण चाँजोपाँजो मिलाउने निर्वाचन आयोग, आयोगको माग र खटनपटन अनुसार काम गर्ने राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मीले निर्वाह गरेको जिम्मेवारीलाई लिएर सरकारलाई योजनाबद्धरुपमा धाधली ग¥यो भन्नु गैरजिम्मेवारीपनको पराकाष्ठा हो।’ साथै महतले निर्वाचनमा नेपाली कांग्रेस र गठबन्धनमा सहभागी अन्य दलहरुको पक्षमा आएको परिणाम र देशभरका पालिकामा मत गणनाको प्रारम्भिक नतिजाको प्रवृत्ति (रुझान) ले नेकपा (एमाले) अत्तालिएको आफूहरुले पाएको बताएका छन्। निर्वाचन कार्यतालिकाको विषयमा एमालेले उठाएको प्रश्नको जवाफमा महतले भनेका छन्, ‘निर्वाचन कार्यतालिकामा उम्मेदवारी दर्ताको समय दुई दिन राख्ने निर्णय निर्वाचन आयोगको हो, त्यसमा सरकार वा गठबन्धन दलको कुनै भूमिका छैन।’ साथै महतले प्रधानमन्त्री शेरबहादुर देउवाको परिपक्व, सुझबुझपूर्ण र दूरदर्शिताका कारण संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय व्यवस्थाको रक्षा र संविधानको संरक्षण तथा कार्यान्वयनका लागि साझेदार दलहरुका बीचमा स्थानीय तह निर्वाचनमा कतिपय ठाँउहरुमा तालमेल सम्भव भएको र अन्य ठाँउहरुमा मित्रवत प्रतिस्पर्धा भएको दाबी पनि गरेका छन्। राष्ट्रहित र लोकतन्त्रको संरक्षणको उद्देश्यले भएको यो तालमेललाई गठबन्धनमा संलग्न हुनुहुने सबै राजनीतिक दलहरु र सम्बन्धित दलका नेता तथा कार्यकर्ता, शुभेच्छुक र समर्थक मतदाताहरुले विश्वास देउवाले गरेको बताउँदै त्यही विश्वासको जगमा सत्तारुढ गठबन्धनको पक्षमा स्थानीय तहको निर्वाचनको स्वभाविक नतिजा आइरहेको दाबी पनि उनले गरेका छन्। एमालेको प्रतिक्रियाप्रति लक्षित गर्दै महतले भनेको छन्, ‘निर्वाचनमा सहभागिता महत्वपूर्ण कुरा हो। विजय र पराजय सार्वभौमसत्ता सम्पन्न नेपाली नागरिकको स्वविवेकले गरेको मतदानमा निर्भर हुने नतिजा मात्र हो। लोकतन्त्रमा जनताको अभिमतलाई सबैले सहजरुप स्वीकार गर्नु पर्दछ। सार्वभौमसत्ता सम्पन्न नेपाली नागरिकको विवेकको सम्मान गर्न हामी आग्रह गर्दछौ।’ सत्तारुढ गठबन्धनले निर्वाचन आचारसंहिताको मर्यादाभित्रै रहेर निर्वाचनमा प्रतिस्पर्धा गरेको दाबी गर्दै उनले कांग्रेसको सरकारले स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा निर्वाचन गर्न सहयोग पु¥याउन कहिकतै कमि नगरेको बताएका छन्। ‘यो स्मरण गराउन चाहान्छौं कि जबजब नेपाली कांग्रेसको नेतृत्वमा निर्वाचन सम्पन्न भएको छ तब मात्र स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्भव भएको छ,’ उनले भनेका छन्। साथै उलने स्थानीय तहको निर्वाचनमा कांग्रेसप्रति देखिएको जनसमर्थनकालागि सम्पूर्ण मतदाता, नेपाली कांग्रेसका शुभचिन्तक, समर्थक सबैलाई हार्दिक धन्यवाद पनि दिएका छन्।  
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update