हिमाल दैनिक
राजनीतिको क्षितिजमा अस्ताउँने खतरालाई टार्दै खाँदबारीमा उदाए महेश थपलिया
mahesh thapaliya
निर्दलीय पञ्चायत व्यवस्था विरुद्ध कलिलो उमेरमै उत्रिँदा राज्यसत्ताको अनगिन्ती दमन चक्र मात्र होइन, बहुदलीय प्रजातन्त्रको पुनस्थापनापछि आफ्नो पार्टीभित्रै उपेक्षित हुँदै आएका कुनै समयका जुझारु कांग्रेस कार्यकर्ता हुन महेश थपलिया। जनमत संग्रहपछिका प्रत्येक राजनीतिक गतिविधिहरुमा सक्रिय रहँदै कांग्रेसको विद्यार्थी संघ र तरुण दलको केन्द्रीय कार्यसमितिमा भूमिका पाएपनि राज्यका कुनै तहमा भूमिका नपाउँदा कहीँ कतै उनी क्षितिजमै बिलाउने त होइनन् भन्ने आशंका उनलाई चिनिजान्ने कांग्रेसजन र उनका शुभचिन्तकहरुमा नभएको होइन। तर, अन्ततः उमेर ५ दशक काटेपछि नै भएपनि महेश उदाएका छन्, आफ्नै गृहजिल्ला संखुवासभाको खाँदबारी नगरपालिकाबाट। वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा खाँदबारी नगरपालिकाको मेयर पदका लागि कांग्रेसबाट प्रत्यासी बनेका थपलियालाई उनको नगरपालिकाका जनताले यसपटक जनताकै सेवा गर्न र राजनीतिमा निरन्तर जुधिरहन साथ दिए। सोमबार सम्पन्न मतगणाको अन्तिम परिणाम अनुसार, थपलियाले ८ हजार ३४ मत प्राप्त गरी खाँदबारीको मेयर पदमा निर्वाचित हुन सफल भएका छन्। अघिल्लो पटकको स्थानीय तह निर्वाचनमा एमालेको बलियो पकड रहेको उक्त नगरपालिकामा पराजित भएका थपलियाले यसपटक भने नेकपा एमालेका जितबहादुर घिमिरेलाई फराकिलो मतअन्तरले पराजित गर्न सफल भए। घिमिरेले ५ हजार ५ सय ८९ मत प्राप्त गरी पराजित भए। उपमेयरमा भने नेकपा एमाले महेश्वरा श्रेष्ठ (बज्राचार्य विजयी भएकी छिन्। उनले नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई पराजित गरेकी हुन्।
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update