डडेल्धुराका सातवटा स्थानीयतहमध्ये छ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । यी छमध्ये चारवटामा कांग्रेस विजयी भएको छ भने दुई मा नेकपा ९माओवादी केन्द्र० विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्ला सदरमुकाममा रहेको अमरगढी नगरपालिका–१० वडासहित प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी भएको छ । अमरगढीमा कांग्रेसका डिल्लीराज जोशी र उपप्रमुखमा पार्वती झुकाल विजयी हुनुभएको हो । प्रमुखमा जोशीले तीन हजार ६१९ र उपप्रमुखमा झुकालले तीन हजार ६७८ मत ल्याई विजयी हुनुभएको हो । अमरगढीमा नौ हजार ७९२ मत खसेको थियो ।
त्यसैगरी जिल्लाको भागेश्वर गाउँपालिकामा पनि नेपाली कांग्रेसकै हेमराज चटौत र पुष्पा ठकुराठी क्रमशः अध्यक्ष र उपाध्यक्षमा विजयी हुनुभएको हो । भागेश्वर गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार हेमराज चटौत दुई हजार ३११ मतल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी ९एमाले० उम्मेदवार रामबहादुर शाहीलाई एक हजार २३३ मतान्तरले पराजित गर्नुभएको हो ।
पराजित रामबहादुर शाहीले एक हजार ७८ मत ल्याउनुभएको छ भने उपाध्यक्षमा पुष्पा ठकुराठीले दुई हजार ३४८ मतल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादीका गीता भट्टले ८३२ मत ल्याउनुभएको छन् । भागेश्वरमा कांग्रेसले चार वडासहित पालिकामा छ ।
त्यसैगरी गन्यापधुरा गाउपालिकामा पनि चार वडासहित अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका इन्द्र कार्की र ज्ञानु सेठी विजयी हुनुभएको छ । नवदुर्गा गाउँपालिकामा पनि कांग्रेसले दुई वडासहित अध्यक्ष उपाध्यक्षमा लक्ष्मीप्रसाद अवस्थी र निर्मला विष्ट बोगटीले जित हासिल गर्नुभएको छ ।
अजयमेरु गाउँपालिकामा नेकपा माओवादीका उमेशप्रसाद भट्ट विजयी हुनुभएको छ । भट्ट दोस्रो कार्याकालका लागि पुनः विजयी हुनुभएको हो । अजयमेरु गाउँपालिकाका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का उम्मेदवार उमेशप्रसाद भट्ट दुई हजार ४६९ मत ल्याई विजयी हुनुभएको हो । उपाध्यक्षमा भने कांग्रेसका उमेदवार वसन्ती पालले दुई हजार ५६५ मतल्याई विजयी हुनुभएको छ । रासस/डडेल्धुरा
प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय