हिमाल दैनिक
आर्थिक वर्ष २०७९÷०८० को वार्षिक बजेट पेश गर्ने तयारीका साथ संघीय संसदको बजेट अधिवेशन आजदेखि सुरु भएको छ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह ४ बजेका लागि बोलाएको दुबै सदनको बैठक संसद भवन नयाँवानेश्वरमा बस्यो। सभामुख अग्निप्रसाद सापकोटाले आगामी आर्थिक वर्षको बजेट अधिवेशन सुरु गरेलगत्तै नेकपा एमालेले विगतका अधिवेशनमा जस्तै अवरोध गर्न नेकपा एमालेका सांसदहरु उभिएका थिए। त्यसपछि सभामुख सापकोटाले एमाले नेता प्रदिपकुमार ज्ञावालीलाई बोल्न समय दिए। विगततका दुई अधिवेशनमा सभामुखको राजीनामा माग्दै निरन्तर अवरोध गर्दै आएकोमा पहिलो पटक आजको बैठकमा एमालेले सदनमा बसेर आफ्नो धारणा राखेको छ। यसअघि एमालेबाट एमसीसी सम्झौताको विषयमा दलको ब्हीप विपरित एमाले नेता भीमबहादुर रावलले मात्रै समय पार्टीको अवरोधकाबीचमा आफ्ना विचार राखेका थिए।
प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update