हिमाल दैनिक
भरतपुरमा रेणु दाहाल दिपक पौडेलभन्दा ३ हजार मतले अगाडी
Renu and dipak in bharatpur
भरतपुर महानगरपालिकामा पाँचदलीय गठबन्धनमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बन्नुभएकी रेनु दाहालले तीन हजार १२६ मतले अग्रता लिनुभएको छ । महानगरपालिकामा ४० हजार ९६३ मतगणना हुँदा दाहालले अग्रतालाई फराकिलो बनाउँदै लैजानुभएको हो । दाहालले १५ हजार ५१३ मत प्राप्त गर्दा नेकपा एमालेबाट प्रमुखका उम्मेदवार विजय सुवेदीले १२ हजार ३८७ मत प्राप्त गर्नुभएको हो । यस्तै स्वातन्त्र उम्मेदवार जगन्नाथ पौडेलले छ हजार ४०३ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा गठबन्धनबाटै कांग्रेसका चित्रसेन अधिकारीले १७ हजार ९७० मत प्राप्त गर्दा राप्रपाकी हिमला गुरुङले नौ हजार ९६१ मत प्राप्त गर्नुभएको छ । भरतपुर महानगरमा वडा नं १, २, ४, ५, ६ र ८ गठबन्धनबाट कांग्रेसका, ७ मा गठबन्धनबाट नेकपा ९एकीकृत समाजवादी०का उम्मेदवार र ३ मा एमालेका उम्मेदवार विजयी हुनुभएको छ । वडा नं ९ र १० को गणना भइरहेको छ । भरतपुर महानगरमा एक लाख २७ हजार ८३९ मत खसेको छ । रासस÷भरतपुर
प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update