हिमाल दैनिक
आगामी आर्थिक वर्षको वार्षिक बजेट प्रस्तुत गर्नु अघि सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबारको संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्दैछन्। सरकारसँगको परामर्शका आधारमा संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटाले आजको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीलाई सरकारको नीति तथा कार्यक्रम पेश गर्न विशेष व्यवस्था मिलाएका छन्। यसका लागि राष्ट्रपति भण्डारी अहिले अपरान्ह ४ बजे संसद भवन नयाँवानेश्वरस्थित संसद भवनमा पुग्दैछन्। नयाँ संविधान जारी भएलगत्तै ताजा जनादेशबाट बनेको सरकारको तर्फबाट तत्कालिन नेकपा नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले यसअघि तीन पटक सरकारको नीति तथा कार्यक्रम र बजेट पेश गरेपनि सत्ता संचालनमा उनी विफल भएपछि गत वर्षको असारमा सरकारको नेतृत्व लिन पुगेका कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारको तर्फबाट पहिलो पटक सरकारको नीति तथा कार्यक्रम पेश हुँदैछ। चालु संसदको सम्भवत यही नीति तथा कार्यक्रम नै अन्तिम हुनेछ। यसपछिका दिनमा मुलुकले फेरि नयाँ जनादेशका माध्यमबाट गठित नयाँ संसद र सरकारको नीति तथा कार्यक्रम पेश हुने छ।
प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update