राष्ट्रपति विद्यादेवी भण्डारी चालु आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक बजेट अघि पेश हुने सरकारको नीति तथा कार्यक्रम पेश गर्न संसद भवन पुगेकी छिन्।
सरकारको निर्णय र संसद सचिवालयको तयारी अनुसार राष्ट्रपति भण्डारी अपरान्ह ४ बजेर ५ मिनेटतिर संसद भवन पुगेकी छिन्।
विशेष सम्मानका साथ संसद भवन पुगेकी भण्डारीलाई प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाले सम्मान र स्वागत गर्दै अहिले संघीय संसदको संयुक्त बैठकमा लगेका छन्।
अबको केही समयमै राष्ट्रपतिले सरकारले तयार पारेको सरकारको नीति तथा कार्यक्रम पेश गर्दैछन्।
प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय