राष्ट्रपति विद्यादेवी भण्डारी चालु आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक बजेट अघि पेश हुने सरकारको नीति तथा कार्यक्रम पेश गर्न संसद भवन पुगेकी छिन्।
सरकारको निर्णय र संसद सचिवालयको तयारी अनुसार राष्ट्रपति भण्डारी अपरान्ह ४ बजेर ५ मिनेटतिर संसद भवन पुगेकी छिन्।
सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति भण्डारी समक्ष पेश गर्न समय दिएपछि राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम बाचन गर्न सुरु गरेकीछिन्।
यसअधिका सरकारले नीति तथा कार्यक्रम पेश गर्दा सभामुख र राष्ट्रिय सभा अध्यक्षलाई माननीय मात्रै भनि गरेको सम्बोधनले सभामुख र अध्यक्षको मान गर्न नसकेको भनि विपक्षीबाट आलोचना हुँदै आएकोमा यसपटक राष्ट्रपतिले सम्बोधनको सुरुमै सभामुख र अध्यक्षलाई सम्माननीय सभामुख र सम्माननीय अध्यक्ष भनि सम्बोधन गरेकीछिन्।
https://www.himaldainik.com/wp-content/uploads/2022/05/नेपाल-सरकारको-नीति-तथा-कार्यक्रम-२०७९_८०.pdf
प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय