पूर्ववर्ती सरकारको पालामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपतिले पनि पूर्व राजाकै शैलीमा संविधानमा रहेको व्यवस्था बाहिर गएर मेरो सरकार भन्दै आएकोमा यसपटक भने राष्ट्रपति भण्डारीले संविधान बमोजिम नै सम्बोधन गरेकीछिन्।
सम्बोधनको सुरुमै सभामुख र राष्ट्रिय सभा अध्यक्षलाई पहिले भन्दा भिन्न भाषामा सम्माननीय सभामुख र अध्यक्ष भनि विगतको कमजोरी सच्याएकी राष्ट्रपति भण्डारीले यसपटक भने अहिलेसम्म पूर्व राजाले सम्बोधन गर्दा भन्ने गरेजस्तो मेरो सरकार भनि सम्बोधन नगरी हामीले भनि सम्बोधन गरेकीछिन्।
यसअघि नेकपा नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा सरकारको नीति तथा कार्यक्रम पेश गर्दा
सरकारले तयार पारेको नीति तथा कार्यक्रममा सभामुख र अध्यक्षलाई माननीय भनि सम्बोधन गर्नुका साथै मेरो सरकारले भनि सम्बोधन गरेपछि यसबारे सदनभित्र र बाहिर आलोचना भएको थियो।
तर, वर्तमान सरकारले संविधानको व्यवस्था अनुसार, सरकार र राष्ट्रपतिको तर्फबाट हुने सबै काम नेपाल सरकारको नाममा हुने स्पष्ट व्यवस्था रहेको छ।
प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय