हिमाल दैनिक
ओलीले व्यंग्य गर्दै प्रम देउवाको वडामा अब बजेट नजाने भयो भन्दा देउवा मुस्कुराइरहे
Oli in house
झण्डै दश महिनाको अन्तरालपछि पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको वडामा सरकारले विकासको कुनै बजेट नजाने भयो भनि व्यंग्य गरेका छन्। सरकारले हालै संसदमा पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा बिहिबारदेखि भएको छलफलमा भाग लिने क्रममा विपक्षी दलका नेता ओलीले व्यंग्यात्मक शैलीमा देउवाको वडामा केही पनि नजाने भयो भन्दा बैठकमा बसिरहेका देउवा हाँस्दै टाउको हल्लाएका थिए। चुनावी प्रचारका क्रममा कांग्रेस केन्द्रीय सदस्य तथा प्रधानमन्त्री देउवा पत्नी आरजु राणा देउवाले देउवाको घर रहेको वडामा बोल्ने क्रममा कांग्रेसका उम्मेदवारलाई मत नदिएर पार्टी नीति विपरित विरोधीलाई मत नदिए सरकारले बजेट नदिने भनि दिएको व्यक्त अभिव्यक्तिप्रति सामाजिक संजालमा चर्को आलोचना भएको थियो। त्यसका बाबजूद वैशाख ३० गते सम्पन्न निर्वाचनको मतगणनामा देउवाको वडामा कांग्रेसका उम्मेदवार पराजित भएका थिए।
प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update