विपक्षी दल नेकपा एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले हालै अमेरिक सहायक मन्त्रीले नेपालस्थित तिब्बतीय शरणार्थी शिविरमा गरेको भ्रमणको विषयलाई लिएर सरकारको सन्तुलित परराष्ट्र नीति नभएको भनि रोष प्रकट गरे।
सरकारको नीति तथा कार्यक्रममाथि संसदमा सुरु भएको छलफलमा भाग लिने क्रममा ओलीले सरकारको अस्पष्ट र असन्तुलित नीतिका कारण नेपालले अपनाउँदै आएको तटस्थ पराराष्ट्र नीतिको मान्यतामाथि प्रहार भएको भन्दै पासा फ्याँकेर ल्याएको म्यादी सरकारको छद्म नीति परराष्ट्र नीति हुन नसक्ने बताए।
साथै उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रश्न गर्दै भने, ‘मैले उठाएका प्रश्नको जवाफ दिनुहोस् नेपाल एक चीन नीतिमा अडिग हो कि होइन?’
साथै उनले हालै सरकारले बुढीगण्डकी जलविद्युत परियोजना निर्माणको जिम्मा चीनको गेजुवा कम्पनीलाई नदिने गरी गरेको निर्णयसँग अरुण–४ भारतीय कम्पनीलाई दिने गरी भएको सम्झौताप्रति पनि आपत्ति प्रकट गरे।
प्रकाशित मिति: बिहीबार, जेठ १२, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय