हिमाल दैनिक
ओलीलाई विश्वकर्माको व्यंग्यः मंगलग्रहमा माछापालन र चन्द्रमामा च्याउ खेती गर्ने कार्यक्रम रहेनछ!
Min Bishowkarma
नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले प्रमुख प्रतिपक्षी दलका नेताले सरकारको नीति तथा कार्यक्रममा आफ्नै पालामा जस्तै हावादारी कुरा नगरेको कारण वर्तमान सरकारको नीति तथा कार्यक्रमको विरोध गरेको दावी गरेका छन्। सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथि संसदमा भएको छलफलमा शनिबार भाग लिँदै नेता विश्वकर्माले सरकारले नीति तथा कार्यक्रममा अघिल्लो सरकारको जस्तो गर्न नसकिने कुरा नगरी बजेट र क्षमताले गर्न सकिने कुराहरु मात्रै गरेको बताए। बिहिबारको बैठकमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र उनको पार्टीका नेता, सदस्यहरुले वर्तमान सरकारको नीति तथा कार्यक्रमको आलोचना गरेको प्रसंगमा व्यंग्य गरे। उनले भने, ‘यदी उहाँ (प्रमुख प्रतिपक्षी दलका नेता)कै सरकार भएको भए २०७९÷०८० को आर्थिक वर्षमा नीति तथा कार्यक्रम कस्तो आउँथ्यो होला भनेर विगतको ४४ महिनो सरकारको नीति तथा कार्यक्रमहरु पल्टाउँदा पक्कै यो आर्थिक वर्ष मंगलग्रहमा माछा पाल्ने र चन्द्र ग्रहमा च्याउ खेति गर्ने, कञ्चनजंघादेखि सगरमाथासम्म केबुलकार बनाउने जस्ता कार्यक्रम पनि सायद मलाई लाग्छ उहाँको नीति तथा कार्यक्रममा आउँथे होला। त्यो नभएकोमा प्रमुख प्रतिपक्षी दलको ठूलो गुनासो छ। यो गुनासोसँग सायद सरकारले सम्बोधन गर्न सक्दैन।’  
प्रकाशित मिति: शनिबार, जेठ १४, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update