प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार नेपाल एक चीन नीतिप्रति दृढ रहेको स्पष्ट पारेका छन्।
प्रधानमन्त्री देउवाले सरकारको नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा छिमेकी मित्र राष्ट्रविरुद्ध नेपालको भूमि प्रयोग हुन नदिन पनि सरकार सचेत रहेको बताए।
उनले आफूले विगतमा पनि प्रधानमन्त्री हँुदा चीन विरुद्ध सक्रिय नेपालको एक संस्थालाई रोक लगाएको स्मरण गर्दै सरकार एक चीन नीतिमा अडिग रहेको बताए।
प्रधानमन्त्री देउवाले बीआरआईलगायतका विकास सहायता लिने विषयमा पनि सरकारले बुद्धिमत्तापूर्ण निर्णय लिने जानकारी दिए।
उनले भने, ‘नेपाल एक चीन नीतिप्रति दृढ छ। छिमेकी मित्र राष्ट्रविरुद्ध नेपालको भूमि प्रयोग हुन नदिन नेपाल सरकार सचेत छ। विगतमा चीनविरुद्ध नेपालमा सक्रिय संस्थालाई मैले रोक लगाएको कुरा स्मरण गराउन चाहन्छु । बीआरआईलगायतका अन्य विकास सहायता प्राप्त गर्ने विषयमा राष्ट्रिय आवश्यक्ता, क्षमता र उपादेयताको आधारमा निर्धारण हुने भएकाले नेपाल सरकार मुद्धिमतापूर्ण ढंगले यस्ता विषय उचित निर्णय गर्नेछ।’
प्रकाशित मिति: शनिबार, जेठ १४, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय