प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली भूमिको रक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्।
सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नहरुको प्रश्नको जवाफ दिने क्रममा शनिबार प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री देउवाले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्ने कुरामा सरकार प्रष्ट रहेको उल्लेख गर्दै भूमि सम्बन्धि विषयमा कुनै समस्या भए कूटनीतिक पहलबाट समाधान गर्ने मान्यतामा सरकार रहेको स्पष्ट पारे।
सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री देउवालाई सो भूमिबारे प्रष्ट धारणा राख्न आग्रह गरेका थिए।
त्यसको जवाफ प्रधानमन्त्री देउवाले सरकारले छिमेकसँगको सम्बन्ध अझै उचो बनाउँदै लैजाने कुरा नीति तथा कार्यक्रममा उल्लेख गरिएको दाबी गरे।
प्रधानमन्त्री देउवाले भने, ‘नेपाल सरकार नेपाली भूमिका रक्षा गर्न प्रतिवद्ध छ। लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपाली भूमि हो भन्ने कुरामा नेपाल सरकार प्रष्ट छ। भूमि सम्बन्धि विषय विशेष संवेदनशील विषय भएकाले वार्ता र कूटनीतिक पहलबाट समस्या समाधान गर्नुपर्छ मान्यतामा रहि आएको छ। यसमा हाम्रो कूटनीतिक प्रयास जारी छ। यस सम्बन्धि विषयलाई नीति तथा कार्यक्रममा समावेश गरिएको छ। नेपाल भारत सम्बन्ध बहुआयामिक छ। सहयोगका क्षेत्रहरु व्यापक छ। ऊर्जा क्षेत्रको प्रवद्र्धन गर्ने विषयमा दूई मुलुकबीच सम्झौता भएको छ। नेपालको भूवनावटका कारण ऊर्जाको बजार भारत सहज हुने देखिन्छ।’
प्रकाशित मिति: शनिबार, जेठ १४, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय