हिमाल दैनिक
सरकारको आगामी आर्थिक वर्षका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा पेश गरेको नीति तथा कार्यक्रम प्रतिनिधि सभाको बहुमतले पारित गरेको छ। संविधानको व्यवस्था अनुसार, सरकारले हेरक वर्षको जेठ १५ गते सरकारको वार्र्षिक बजेट र आय, व्यय पेश गर्नु अघि शनिबार सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले छलफल गरी उठाएका प्रश्नको प्रधानमन्त्री शेरबहादुर देउवाले जवाफ दिएपछि शनिबार साझै बहुमतले पारित गरेको हो। यसअघि सभामुख अग्निप्रसाद सापकोटाले सरकारको नीति तथा कार्यृक्रममाथि विपक्षी दलका सांसदहरुले राखेका संशोधन प्रस्ताव एकपछि अर्को गर्दै बहुमतले अस्विकृत गरेपछि सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ पेश गरेका थिए। जसलाई सदनको बहुमतले पारित गरेपछि सभामुख सापकोटाले आगामी आर्थिक वर्षको वार्षिक बजेट आइतबार अपरान्ह ४ बजे संसदमा पेश हुने जानकारी दिँदै आजको बैठक अन्त्य गरे।
प्रकाशित मिति: शनिबार, जेठ १४, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update