सरकारले तीन वर्ष भित्र सबै भूमिहिन दलितलाई आवास उपलब्ध गराउने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आईतबार संघीय संसदको दुवै सदनमा प्रस्तुत गर्नु भएको सरकारको आगामी आर्थिक वर्षको बजेटमा सो प्रतिवद्धता जनाइएको हो । त्यसैगरी बजेटमा आगामी वर्ष निर्यात दोब्बर गर्ने महत्वकांक्षी लक्ष्य पनि बजेटमा समावेश गरिएको छ ।
अर्थमन्त्री शर्माले आगामी ५ वर्ष भित्र व्यापार सन्तुलन कायम गर्ने लक्ष्य पनि बजेटमा निर्धारण गरिएको बताउनु भयो । उहाँले धान, मकै, गहुँ, तरकारी र फलफूलको आयात आगामी आर्थिक वर्ष भित्र ३० प्रतिशत कम गर्ने बताउनु भयो ।
अर्थमन्त्री शर्माले भन्नु भयो,‘आधारभूत कृषि उत्पादन धान, मकै, गहँ, तरकारी र फलफूलको आयात आगामी वर्ष न्यूनतम ३० प्रतिशतले कम गर्ने । आगामी वर्ष निर्यात दोब्बर गर्ने । आयात न्यूनतम २० प्रतिशतले घटाउने र आगामी पाँच वर्ष भित्र व्यापार सन्तुलन कायम गर्ने । मर्यादित रोजगारी वार्षिक ३० प्रतिशतका दरले वृद्धि गर्ने ।
भूमिहिन दलितलाई आगामी ३ वर्ष भित्र आवास उपलब्ध गराउने, वार्षिक ८ लाख नेपालीलाई निरपेक्ष गरिवीको रेखाबाट माथि ल्याउने । स्वास्थ्य र शिक्षा क्षेत्रको गुणस्तर सुधार गरी मानव विकास सूचकांक ०.६५ पु¥याउने रहेको छ।’
प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय