हिमाल दैनिक
नेकपा एकीकृत समाजवादीले पार्टीबाट सरकारमा सहभागी मन्त्री हेरेफेर गर्ने तयारी गरेको छ। हालै सम्पन्न स्थानीय निर्वाचनमा गठबन्धनका सहयात्री दलहरुले इमान्दारिता नदेखाएको कारण अपेक्षाकृत सफलता हात नलागेको अभिव्यक्ति नेतृत्व तहबाट आउन थालेपछि सत्ता गठबन्धनको भविश्य र आगामी चुनावमा हुन सक्ने तालमेलको विषयमा चल्न थालेको अनुमानकारितालाई चिर्दै नेकपा एसले सरकारका मन्त्रीहरुको हेरफेरबारे बहस चलाएको छ। आइतबार पार्टी कार्यालय तीनकुनेमा बसेको समाजवादीको सचिवालय बैठकमा सरकारमा पार्टीबाट सहभागी भइरहेका मन्त्रीहरुको हेरफेरका बारेमा छलफल भएको र यसको अधिकार पार्टी अध्यक्ष माधव कुमार नेपाललाई दिएको छ। समाजवादीका उपमहासचिव गंगालाल तुलाधारले बैठकमा भएको छलफलको विषय उल्लेख गर्दै पार्टीले ६ महिनाका लागि सरकारमा पठाएकाले मन्त्री हेरफेर गर्ने बिषयमा छलफल भएको जानकारी दिए। गत असोजमा एमालेबाट विभाजित भएर नयाँ पार्टी नेकपा एसमा सहभागी भएका सांसदहरुमध्येबाट गठबन्धन सरकारमा सहभागी हुने अवसर पाएका सदस्यहरुलाई फिर्ता बोलाएर नयाँ सदस्यहरुलाई सरकारमा पठाउने विषयमा अध्यक्ष नेपालसहितका शीर्ष नेताहरुले मन्त्रीहरुसँग छलफल गरे पश्चात निक्कर्षमा पुग्ने जानकारी पनि तुलाधरले दिए। उपमहासचिव तुलाधरले मन्त्री फेरबदल गर्ने निर्णय सवैले मान्नुपर्ने धारणा राखे। एमालेबाट विद्रोह गरेर नेकपा एसमा सहभागी अधिकांश सदस्यहरुले मन्त्री पदको आकांक्षा राखेपनि गठबन्धनभित्रको भागवण्डा मिलाउँदा उपलब्ध सिमित संख्यामा मन्त्री बनाउनु परेको थियो। जसमा विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेमबहादुर आले, कृष्णकुमार श्रेष्ठ, भवानी खापुङले अवसर पाएका थिए भने, मन्त्री पदका आकांक्षीहरु मेटमणी चौधरी लगायतका नेताहरु बाहिर परेका थिए। यसैगरी तुलाधरले स्थानीय चुनावको परिणाम पश्चात बहसको विषय बन्न पुगेको वाम एकताको विषयबारे प्रतिक्रिया दिँदै वाम एकता राम्रै कुरा भएको भएतापनि इमान्दारी नभए राम्रो नहुने पुष्टि भइसकेको जिकिर गरे। साथै तुलाधरले हाल विद्यमान गठबन्धन भत्काएर मुलुकलाई बबार्दी तर्फ लान नहुने दाबी समेत गरे। सचिवालय बैठकले पार्टीका सवै कमिटीहरुलाई प्राकृतिक बिपतको पूर्वतयारीका लागि परिचालन गर्ने निर्णय गरेको जानकारी पनि उनले दिए। समाजवादीले छिटै केन्द्रीय कमिटी बैठक बस्ने र त्यसपछि केन्द्रीय परिषद्को बैठक बोलाउने तयारी भइरहेको छ।
प्रकाशित मिति: आइतबार, जेठ २२, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update