हिमाल दैनिक
जिल्ला समन्वय समितिमा नेपाली कांग्रेसका खगेन्द्रसिंह धामी नेतृत्वको पूरै समूह विजयी भएको छ । नेतृत्वका चयनका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र स्वतन्त्रबीच गठबन्धन भएकामा नेकपा एमालेले भने एक्लै चुनाव लडेका थियो । मङ्गलबार सम्पन्न निर्वाचनको सार्वजनिक मतपरिणामअनुसार प्रमुखमा धामीले १२ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिस्पर्धी एमालेका मोहनबहादुर थापाले आठ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा माओवादीका दमनबहादुर कुँवर विजयी हुनुभएको छ । कुँवरले १० मत प्राप्त गर्दा प्रतिस्पर्धी एमालेका हेमा भट्ट ९कपाडी०ले आठ मत प्राप्त गर्नुभयो । उपप्रमुखका दुई मत बदर भएको थियो । समन्वय समितिका सदस्यहरुमा पनि गठबन्धनकै उम्मेदवार विजयी भएका छन् । तीन खुला सदस्यमा नेपाली कांग्रेसका करनसिंह कठायत र दानबहादुर विष्ट तथा माओवादीका प्रेमसिंह भाट विजयी हुनुभएको छ । तीन महिला सदस्यमा नेपाली कांग्रेसका दुई नेपाली तथा माओवादीका एक सदस्य विजयी हुनुभयो । एक जना दलित सदस्यमा गठबन्धनका तर्फबाट स्वतन्त्रका हरना सार्की विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नवनिर्वाचित जिल्ला समन्वय समिति प्रमुख खगेन्द्रसिंह धामीलाई आज जिल्ला न्यायधीश तिलकबहादुर कार्कीले प्रमुखलाई पद तथा गोपनीयताको शपथ गराउनहुनेछ । दश स्थानीय तह रहेको जिल्ला समन्वय समितिमा नेपाली कांग्रेस, माओवादी केन्द्र र स्वतन्त्र गठबन्धनसँग १२ मतभार थियो भने एमालेसँग आठ मतभार थियो । रासस÷बैतडी
प्रकाशित मिति: मंगलबार, जेठ २४, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update