हिमाल दैनिक
महानगर र नबिल बैंकबीच सार्वजनिक शौचालय सञ्चालयन गर्ने सम्झौता
KMC and NABIL
काठमाडौं महानगरपालिका र नविल बैंक लिमिटेडबीच सार्वजनिक शौचालय सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ। उपत्यकाका सडकमा हिँड्ने सर्वसाधारण यात्रुहरुले विगतमा भोग्दै आएको सौचको समस्या समाधान गर्न नबिल बैंकले काठमाडौंको १८ वटा शाखामा सार्वजनिक शौचालय सञ्चालन गर्न महानगरसंग सम्झौता गरेको हो। सम्झौता पत्रमा काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल र नविलका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले हस्ताक्षर गरेका हुन्। महानगर र बैंकबीच भएको सम्झौता ५ बर्षको रहेको छ। शौचालयको मर्मत सम्भार सरसफाइ, पानीको प्रबन्ध पानीको प्रबन्ध र निकासको व्यवस्था बैंकले गर्नेछ। सम्झौता कार्यक्रममा नविलका कार्यकारी अधिकृत शाहले सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले निशुल्क सार्वजनिक शौचालय सञ्चालनमा ल्याउने जानकारी दिए। ् बैंकको केन्द्रीय कार्यालय दरबार मार्ग तीनधारा, ज‍ोरपाटी, महाराजगन्ज, नयाँ बानेश्वर, क्षेत्रपाटी मार्ग, चावहिल, मैतीदेवी कम्प्लेक्स लगाएतका स्थानमा सर्वसाधारणले निःशुल्क शौचालय गर्न पाउनेछन्।
प्रकाशित मिति: बुधबार, जेठ २५, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update