हिमाल दैनिक
एमाले सांसद रामवीरले भनेः मेयर बन्न त पाइन, फोहोर व्यवस्थापनको जिम्मा त दिनुहोस्
Rambir Manandhar
नेकपा एमाले सांसद रामवीर मानन्धरले काठमाडौंको फोहोर व्यवस्थापन आफूले मात्रै गर्न सक्ने दावी गर्दै यसको जिम्मा आफूलाई दिन माग गरेका छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकको शून्य समयमा बोल्दै सांसद मानन्धरले हालै सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौंको मेयरको उम्मेदवार बन्न चाहेपनि त्यो सम्भव नभएको उल्लेख गर्दै यसका बाबजूद उपत्यकाको फोहोर व्यवस्थापनको जिम्मा आफूलाई दिन माग गरेका हुन्। उनले थप्दै भने, ‘काठमाडौंको फोहोर व्यवस्थापन गर्न सक्ने मै हुँ, मेयरका लागि म पनि आकांक्षी थिए तर, हुन सकिन। अब संसदले मेरो अध्यक्षतामा फोहोर मैला व्यवस्थापनका लागि संसदीय समिति गठन गरोस्।’ उनले दोहोर्याउँदै भने, ‘फोहोर मैला व्यवस्थापन गर्न सक्ने मै हुँ। सदनले समिति बनाओस्, यो व्यवस्थापन मैले गर्न सक्छु।’
प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update