धानखेती शुरुवात हुँदा पनि सरकारले किसानलाई रासायनिक मल उपलब्ध गराउन सरकारले नसकेको भन्दै त्यसको विरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठक स्थगनको प्रस्ताव पेश गरेको छ।
नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईसहितका १५ सांसदहरुले आइतबार संसद सचिवालयमा दर्ता गरेको स्थगन प्रस्तावलाई सोमबारको संसद बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पेश गर्न समय दिएका छन्।
‘संसदको बैठकको कार्यसूचीलाई स्थगन गरेर राष्ट्रिय महत्वको विषय भएर स्थगत प्रस्ताव राखेर मल कहिले आउँछरु कुनदिन किसानले पाउँछन् र कहाँबाट ल्याउनुहुन्छ यि सबै कुराको एक एक जवाफ आज हामीले प्रतिनिधि सभा समक्ष खोजेको कुरा म राख्न चाहान्छु। नेपाल सरकारले मलको कुरामा यथोचित कदम चालेन भने, जब अरु देशबाट हामीले आयात गर्नुपर्छ र अहिले अन्तर्राष्ट्रिय बजारमा मलको संकटहरु छन् भन्ने कुरा आज थाहा पाएर त हुँदैन होलारु हिजो अस्ति नै थाहा थियो होला नि सरकारलाई। अस्ति यहाँ एक जनाले जवाफ दिदा भन्नुभयो केहीदिन पछि मल आउँदैछ भन्नुभएको थियो। केही दिन भनेको कहिले होरु पछि माग फागुनतिर हो किरु कहिले हो केहीदिन भनेकोरु त्यसको पनि हामीले जवाफ खोजेका छौँ,’ भट्टराईले प्रस्ताव पेश गर्दै प्रश्न गरे।
सरकारसँगको परामर्शमा सभामुख र संसद सचिवालयले सरकारले हालै पेश गरेको वार्षिक बजेटको विनियोजन विधेयकमाथि सांसदहरुले उठाएको मन्त्रालयगत प्रश्नको जवाफ मन्त्रीहरुले दिने भनिएपनि विपक्षी दलको तर्फबाट अत्यन्त जरुरी सार्वजनिक महत्वपको प्रस्तावको रुपमा स्थगन प्रस्ताव अघि सारेपनि सभामुखले उक्त प्रस्तावमाथि अहिले छलफल चलाएका छन्।
सभामुख सापकोटाले प्रमुख सचेतक भट्टराईलाई प्रस्ताव पेश गर्न समय दिँदै उक्त प्रस्तावमाथि आजको बैठकमा २ घण्टा छलफल हुने जानकारी दिएका छन्।
अहिले उक्त प्रस्तावका समर्थक र एमाले सदस्यहरुले किसानहरुले खेतिवाली लगाउने समयमा पनि सरकारले रासायनिक मल उपलब्ध गराउन आयात गराउन नसकेको भन्दै यसले सरकारको नीति तथा कार्यक्रमसँगै बजेटमा सरकारले राखेको लक्ष्य हाँसिल नहुने दाबी गरेका छन्।
आजको बैठकमा उक्त प्रस्तावमाथि सांसदहरुले बोल्नेक्रम सकिएपछि सदनमा उठेका प्रश्नको कृषि मन्त्रीले जवाफ दिने र त्यसपछि उक्त प्रस्ताव सदनको निर्णयमा अघि बढ्ने छन्।
प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय