हिमाल दैनिक
प्रमुख प्रतिपक्षी नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेको छ। प्रतिनिधिसभाको मंगलबारको बैठकको सुरुमै एमाले उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले करको दर फेरफेरका बिषयमा प्रश्न उठेपछि नैतिक रुपमा अर्थमन्त्री पदमा बस्न नमिल्ने भन्दै राजीनामा दिनुपर्ने बताए। बजेट निर्माणको सिलसिलामा अनाधिकृत व्यक्तिको संलग्नतामा करका दरहरु तलमाथि गरेको समाचार प्रकासित भएको विषयमा आफ्नो दलको तर्फबाट सदननमा गम्भीर ध्यानाकर्षण गराउँदा पनि यसबारे सरकारका मन्त्री मौन बसेकोमा आश्चर्य प्रकट गरे। उनले भने, ‘यति गम्भीर विषयको गम्भीरतताका साथ प्रश्न खडा गरिसकेपछि अर्थमन्त्रीले आएर संसद्मा यसका बारेमा प्रष्ट पार्नु भएन, जुन आपत्तिजनक छ।’ बजेट निर्माणको प्रक्रियाबारे जानकारी दिँदै उलने विगतमा बजेट लेखन कार्य हुँदा त्यसमा संलग्न पदाधिकारीले आफ्ना मोबाइलहरु पनि दराजमा बन्द गरेर राख्ने गरेको भएपनि अहिले अर्थमन्त्री शर्माले फोन गरेर अनाधिकृत व्यक्तिलाई बोलाएको आरोप लगाए। उनले करको विषय ज्यादै गोपनीय र राष्ट्रिय सुरक्षा जस्तै विषय भएकाले यसरी अनाधिकृत व्यक्तिको पहुँच र करको दरमा भएको फेरबदरसँगै मिलोमतो गरेको विषयलाई संसदले छानविन गर्न पर्ने माग गरे। सांसद पाण्डेले आफ्ना धारणा राखेपछि विपक्षी दलका सांसदहरु उभिएर विरोध र अवरोध जनाएपछि सभामुख सापकोटाले सदनमा उठेको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै बस्न आग्रह गरे। त्यसका बाबजुद पनि विपक्षी दलका सदस्यहरु नबसेपछि सभामुख सापकोटाले एमाले संसदीय दलका प्रमुख सचेत विशाल भट्टराईलाई बोल्न समय दिए। भट्टराईले आफ्नो दलको तर्फबाट अर्थमन्त्री शर्मा र उनको कार्यको विषयमा गम्भीर प्रश्न उठाएपछि पनि संसद सचिवालयले आजको बैठकको कार्यसूचिमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा अर्थमनत्री शर्माकै नाम र मन्त्रालयको नाम राखिएको भन्दै विवादस्पद मन्त्रीको जवाफ सुन्न आफूहरु तयार नभएको भन्दै अर्थमन्त्री र अर्थमन्त्रालयको जवाफ कार्यसूचिबाट हटाउन माग गरे। त्यसपछि सभामुख सापकोटले यसबारे आफ्नो ध्यानाकर्षण भएको भन्दै सम्झाएपछि विपक्षी दल बसेर सदनको कारबाही सुचारु रुपमा चल्न दिएको छ।  
प्रकाशित मिति: मंगलबार, जेठ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update