हिमाल दैनिक
नेकपा एकीकृत समाजवादी (एस)का अध्यक्ष माधव कुमार नेपालले मुलुकको हित बिपरित कुनै पनि सम्झौतामा हस्ताक्षर नहुने र नगर्ने आश्वासन प्रधानमन्त्री शेरबहादुर देउवाले दिएको बताएका छन्। बुधबार नेकपा एसको पार्टी कार्यालय तीनकुनेमा बसेको स्थायी कमिटी बैठकमा बोल्दै अध्यक्ष नेपालले बुधबार बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र आफुबीच भएको छलफलमा प्रधानमन्त्री देउवाले मुलुकको हित बिपरित कुनै पनि सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिए। नेपालको हितमा आघात पुग्ने वा कुनै रणनीतिक महत्वको कुनै पनि कुरामा हस्ताक्षर गर्ने काम आफुबाट नहुने र अरुदेशले चासो राखेर कसैले भनेपनि आफुले नमान्ने प्रधानमन्त्री देउवाको स्पष्ट धारणा रहेको अध्यक्ष नेपालले आफ्नो पार्टीका नेताहरुलाई बताए। सडक र सदनदेखि देशका आम संचारमाध्यम र सामाजिक संजालमा अमेरिकी सेनासँगको सहकार्यका लागि अघि बढाएको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा नेपाल सहभागी हुँदै भनि गरिएको प्रचारका विषयमा पछिल्लो समय बहज जारी छ। उक्त विवादस्पद विषयले सत्तासाझेदार दलभित्र पनि खैलाबैला भइरहेको बेला प्रधानमन्त्री देउवासँग भेटवार्ता र छलफल गरि फर्किएका नेतहरुमध्ये एक नेता नेपालले देउवाको भनाई उद्रित गर्दै एसपीपी कार्यक्रममा नेपालले तत्काल हस्ताक्षर गर्ने कुनै तयारी नरहेको र अमेरिकाले पनि दवाव नदिएको जानकारी आफूहरुले पाएको बताए। अध्यक्ष नेपालले अहिले सवैको गतिविधिहरुलाई नियाल्नुपर्ने भन्दै बाहिर फैलाइएको भ्रममा बारेमा बोल्न आवश्यक नरहेको धारणा राखेका थिए। साथै उनले आवश्यक परे पार्टीकै तर्फबाट पनि बाहिर आएका बिषयमा आवश्यक छलफल गर्न तयार रहेको जानकारी पनि दिएका थिए।
प्रकाशित मिति: बुधबार, असार १, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update