प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको विषयमा उठाएका प्रश्नहरुप्रति सभामुख अग्निप्रसाद सापकोटाले वेवास्ता गरेको आरोप लगाउँदै विपक्षी दल एमालेले मन्त्री शर्माको सवाल, जवाफ वहिस्कार गरेको छ।
बिहिबारको प्रतिनिधि सभा बैठकमा एमालेको विरोधका बाबजूद सभामुख सापकोटाले अर्थमन्त्री शर्मालाई सांसदहरुले विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिन समय दिएपछि एमाले सांसदहरुले उभिएर विरोध जनाइरहे।
त्यसपछि हतारमा लतर, पतर गर्दै जवाफ दिएका अर्थमन्त्रीसँग थप स्पष्टिकरणको समय सभामुख सापकोटाले सांसदहरुलाई दिए। त्यसपछि एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बजेट निर्माणको प्रक्रियामा अर्थमन्त्रीले राष्ट्रप्रति गद्दारी गरेको भनि यसलाई कुनै हालतमा स्वीकार्न नसकिने बताए।
त्यहीबीचमा सभामुख सापकोटाले गद्दारी भन्ने शब्द असंसदीय भएको भन्दै रेकर्डबाट हटाउन निर्देशन दिए।
त्यसपछि थप आक्रोसित बनेका भट्टराईले आफूहरुले उठाएको विषय राष्ट्रको पक्षमा भएको भन्दै अर्थमन्त्री शर्माको बकम्फुसे कुरा सुनेर नबस्ने बताउँदै शर्माको सवाल, जवाफमा नबस्ने भन्दै विपक्षी दलका सदस्यहरु बाहिरिए।
प्रकाशित मिति: बिहीबार, असार २, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय