हिमाल दैनिक
पेट्रोलियम पदार्थमा भएको अत्याधिक मूल्य बृद्धिको विरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभामा अवरोध खडा गरेको छ। शुक्रबार अपरान्ह १ बजेका लागि तय भएको बैठक आधाघण्टा ढिलो गरी बसेको प्रतिनिधि सभा बैठकमा एमाले सांसद पद्मा अर्यालले समय लिएर बोल्दै सरकारले पटक पटक गरेको पेट्रोलियम पदार्थको मूल्य बृद्धिले जनताको ढाड सेकिएको बताउँदै सरकारले यसबारे चित्तबुझ्दो जवाफ नदिएसम्म सदन चल्न नदिने चेतावनी दिइन्। उनले सरकारका मन्त्रीलाई तत्काल सदनमा उपस्थित भएर मूल्य बृद्धिको कारणसहित जवाफ दिन सभामुखलाई रुलिङका लागि आग्रह गरेकी थिइन्। त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले यसबारे सरकारको ध्यानाकर्षण गदैृ यसबारे चाँडै जवाफ दिन रुलिङ गरेपछि एमाले सांसदहरु बसेका थिए।
प्रकाशित मिति: सोमबार, असार ६, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update