हिमाल दैनिक
नेकपा एमालेका सांसद खगराज अधिकारीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध लगाइएको महाअभियोग प्रस्ताव छानविनका लागि तत्काल समितिमा पठाउन माग गरेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकको शुन्य समयमा अधिकारीले महाभियोगको प्रस्ताव समितिमा नलैजानु असक्षमता भएको भन्दै यसको साक्षि प्रतिनिधिसभा हुन नहुने दाबी गरे। उनले उक्त प्रस्तावलाई समितिमा लगेर छानविन र सुनुवाई गर्नुपर्ने अन्यथा संविधानको चरम दुरुपयोग भएको ठहर हुने तर्क गरे। फागुन १ गते सरकारमा सहभागी प्रमुख तीन दलका ९५ जना सांसदहरुले प्रधानन्यायधीश जबराविरुद्ध संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेपछि संसदीय नियमावली अनुसार सदनमा पेश गरी छलफल पश्चात महाभियोग समितिमा पठाउनु पर्ने भएपनि सरोकारवाला पक्षले उक्त प्रस्ताव सदनमा पेश मात्र गरी छलफल नै नगरी यथास्थितिमा राखिएको छ। जसको कारण उक्त प्रस्ताव अहिले पनि सदनमा विचाराधिन अवस्थामा छ भने जबरा निलम्बनको स्थितिमा छन्। यस्तो अवस्थामा विपक्षी दलका सांसद अधिकारीले सिंहदरबारको एउटा र सर्वोच्चको अर्को प्रधानन्यायाधीश त होइन भन्ने जनगुनासो रहेको भन्दै संसदको ध्यानाकर्षण गराए। ्
प्रकाशित मिति: आइतबार, असार १२, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update