हिमाल दैनिक
नेपाल सरकारका वेभसाइटहरु बन्द!
Govt site
नेपाल सरकारको डाटा सेन्टर बन्द भएको छ। बुधबार अपरान्हदेखि सरकारका आधिकारिक वेभसाइटहरु खोल्दा कुनै पनि साइट खुल्न सकिरहेका छैनन्। विगत केही वर्षयता इ–गभर्नेन्सका नाममा स्वदेशी तथा विदेशी सहायता रकममा संचालनमा ल्याइएका सरकारका वेभसाइट खोल्दा सबै जसो साइटमा उक्त साइट खुल्न नसक्ने भन्ने सन्देश दिइएको छ। अघिल्लो सरकारको पालामा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले अस्गर अलि नाम गरेका एक व्यक्तिलाई प्रधानमन्त्री ओलीको आइटी विज्ञका रुपमा नियुक्त गरेपछि उनैले सरकारका अधिकांश वेभसाइटहरु बनाउँदै आएका थिए। तर, पछिल्लो समय कांग्रेस सभापति शेरबहादुर देउवा सरकारको नेतृत्व गर्न पुगेपछि उनले पनि तत्कालिन पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको सहयोगीका रुपमा उनको प्रचार समितिमा संलग्न दिपेश विष्टलाई देउवाले आइटी विज्ञका रुपमा नियुक्त गरेका छन्। विष्ट नियुक्त भएर आएपछिका दिनमा अघिल्लो सरकारका पालामा तयार पारिएका सरकारी वेभसाइटहरु अध्यावधिक गर्ने खासै कुनै काम भएको देखिँदैन। अधिकांश मन्त्रालयका सूचना, फोटो तथा भिडियो संग्रहहरु अघिल्लै सरकारका पालाका मन्त्री तथा सचिवहरुका फोटो र भिडियोले भरिएका छन्। त्यही साइट पनि आज दिनभर नचलेपछि आइटी क्षेत्रमा कार्यरत नारायण न्यौपानेले आफ्नो तर्फबाट सेवा लिइरहेका कतिपय निकायलाई जवाफ दिन नसकिरहेको भन्दै सरकारी निकायसँग यसको कारण खोजीरहेका छन्।
प्रकाशित मिति: बुधबार, असार १५, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update