हिमाल दैनिक
गृहमन्त्री बालकृष्ण खाण र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । नेपालका लागि भारतीय राजदूत बनेर भर्खरै नेपाल आउनुभएका राजदूत श्रीवास्तवले गृहमन्त्री खाणसँग पहिलोपटक भेटघाट गर्नुभएको हो । गृह मन्त्रालयमा आज बिहान भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुढृढ र प्रगाढ बनाउनेबारे कुराकानी भएको गृहमन्त्री खाणका प्रेस संयोजक मधुसुधन भट्टराईले जानकारी दिनुभयो । भेटमा गृहमन्त्री खाणले नेपाल सरकार र भारत सरकारबीच भएको सम्झौताअनुरुप कृषि क्षेत्रमा रासायनिक मल सहजीकरण गर्न आग्रह गर्नुभएको थियो । राजदूत श्रीवास्तवले नेपालसँग भएको सम्झौता कार्यान्वयमा आफूले पहल गर्ने बताउनुभएको थियो । रासस
प्रकाशित मिति: सोमबार, असार २०, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update