हिमाल दैनिक
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष एवं संसदीय दलका नेता खड्गप्रसाद शर्मा ओलीले आज बस्ने प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने बताइएको छ। संसद सचिवालयका पदाधिकारीले दिएको जानकारी अनुसार, आज अपरान्ह १ बजेका लागि डाकिएको बैठकमा विपक्षी दलका नेता ओलीले सम्बोधनका लागि समय माग गरेका छन्। देशको राजनीतिमा देखिँदै गएका विचित्र घटनाहरुकाबीच वाकचातुर्यताले भरिपूर्ण पूर्व प्रधानमन्त्री ओलीको सम्बोधनले विशेष अर्थ राख्ने गर्दछ। त्यसमा पनि देशको आन्तरिक राजनीतिदेखि सत्ता संचालन र कुटनीतिक परिदृश्यमा देखिएका केही विवादस्पद घटनाकाबीच आज ओलीले सम्बोधन गर्ने भनेपछि सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा पनि संसद भवनमा उपस्थित हुन सक्ने सम्भावना बढेर गएको छ।
प्रकाशित मिति: सोमबार, असार २०, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update