हिमाल दैनिक
अर्थमन्त्री शर्माको राजीनामा माग्दै युवा संघ नेपाल सडकमा
Screenshot 2022-07-05 172609
अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै युवा संघ नेपालले काठमाडौंमा बिरोध प्रदर्शन गरेको छ। अर्थमन्त्री शर्माले बजेट निर्माणको क्रममा अनाधिकृत रुपमा बिचौलिया प्रवेश गराएर करका दरमा हेरफेर गर्दै केही सिमित घरानीयालाई फाइदा पुर्याएको र पछि सीसीटीभी फुटेज डिलिट गरेको आरोप लगाउदै युवासंघले काठमाडौंका सिंहदरबारमा नजिक हनुमानस्थानमा बिरोध प्रदर्शन गरेका हुन्। उनीहरुले अर्थमन्त्री शर्माले बजेट निर्माणका क्रममा वित्तिय अनुशासन विपरित अनाधिकृत व्यक्तिलाई संलग्न गराएर केही ठूला व्यापारी तथा उद्योग व्यवसायीलाई पोस्ने तथा राज्यलाई आर्थिक रुपमा नोक्सानी पुर्याउने काम गरेको भन्दै राजीनामा दिनुपर्ने माग पनि गरेका छन्। प्रदर्शनमा सहभागीहरुले सीसीटिभि फुटेज खाने अर्थपूर्ण मुसा, गठबन्धनको डेटिङ्मा बजेट आयो सेटिङमा लगाएत लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए। युवा संघ नेपालका किरण पौडेलले अर्थमन्त्रीलाई कारवाहीस्वरुप बर्खास्त नै गर्नुपर्ने बताए। उनले छानविन समिति बनाए अर्थमन्त्रीलाई नै चोख्याउने काम हुने भएकाले समितिको कुनै औचित्य नभएको धारणा राखेका थिए। यसअघि उक्त विषयमा युवा संघको माउ पार्टी नेकपा एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै इतिहासमै नभएको गम्भीर अपराधमा संलग्न अर्थमन्त्री शर्मालाई तत्काल बर्खास्त गरी उक्त घटनाको विषयमा संसदीय छानविन समिति गठनको माग गरेका थिए। युवा संघले अर्थमन्त्रीको राजीनामा नआएसम्म आन्दोलन जारी रहने चेतावनी दिएको छ।
प्रकाशित मिति: मंगलबार, असार २१, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update