सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसले निर्वाचन आयोगद्वारा प्रश्तावित निर्वाचन सम्बन्धि विधेयकको मस्यौदामाथि छलफल शुरु गरेको छ।
मंगवबार दिउँसो पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टी पदाधिकारी संसदीय दलका प्रतिनिधि तथा केही नेताहरुको संलग्नतामा भएको बैठकमा निर्वाचन आयोगले तयार पारी सुझावका लागि पठाएइको विधेयकको मस्यौदामाथि छलफल भएको हो।
बैठकमा सहभागी कांग्रेस केन्द्रीय सदस्य एनपी साउदका अनुसार, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनदेखि संघीय संसद, प्रदेश सभा र स्थानीय तहका निर्वाचन सम्बन्धी ऐनमा रहेका व्यवस्थालाई एकीकृत ऐनका रुपमा अघि बढाउन आयोगले तयार पारेको मस्यौदामाथि प्रारम्भिक छलफल भएको थियो।
उक्त विधेयक मस्यौदामा उम्मेदवारी दर्ता हुनेदेखि मतगणनाका लागि गरिने व्यवस्थाहरुलाई समावेश गरेर निर्वाचन आयोगले प्रस्ताव गरेको सो विधेयकको बारेमा पार्टीभित्र प्रारम्भिक छलफल शुरु साउदले बताए।
यसका अतिरिक्त बैठकमा पार्टीको भातृ संस्थाको विधानमा एकरुपता ल्याउने विषयमा गठित कार्यदलका संयोजक समेत रहेका नेता साउदले आफ्नो कार्यदलले भातृ तथा शुभेच्छुक संस्थाको विधानमा एकरुपता ल्याउन भएको कामकारबाहीबार पनि छलफल भएको बताए।
साउदको नेतृत्वमा गठित कार्यदलले तयार पारेको सुझाव प्रतिवेदनलाई पार्टी केन्द्रीय कार्यसमितिको बैठकले अनुमोदन गरेपछि उक्त विधान सम्बन्धित भातृ संस्थाहरुमा लागू हुने बताइएको छ।
कांग्रेसले वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको समिक्षा लगायतका विविध विषयमा छलफल गर्न र आगामी निर्वाचनको रणनीति तय गर्न असार २७ गतेका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।
प्रकाशित मिति: मंगलबार, असार २१, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय