हिमाल दैनिक
बजेट निर्माणको प्रक्रियामा अनाधिकृत व्यक्तिको संलग्नताबारे संसदले विशेष छानविन समिति गठन गरेलगत्तै अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन्। जेठ १४ गते राती बजेट निर्माणको प्रक्रियामा अनाधिकृत व्यक्तिलाई सामेल गराएर करका दर हेरफेर गराएको र उक्त दिनको सिसि फुटेज डिलिट गराएको भन्दै सदन र सडकमा विरोध भएपछि सभामुख अग्निप्रसाद सापकोटाले संसदीय विशेष छानविन समिति गठन गरेका थिए। त्यसपछि एमालेको विरोधका बाबजूद संसदमा बोल्न पुगेका अर्थमन्त्री शर्माले आफूले कुनै अपराध नगरेको दाबी गर्दै छानविन प्रक्रियालाई सहजिकरण गर्न आफूले पदबाट राजीनामा दिएको घोषणा गरे।
प्रकाशित मिति: बुधबार, असार २२, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update