हिमाल दैनिक
उच्च शुसासनमा विश्वास राखेकै कारण सीजी फोब्र्समा सुचिकृत भयोः निर्वाण चौधरी
IMG-20220706-WA0013
चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले आफ्नो ग्रुपले उच्च शुसासनमा विश्वास राख्ने र सोही कारण अन्तर्राष्ट्रियस्तरमा ख्यातीप्राप्त फोब्र्समा सुचिकृत हुन सम्भव भएको दाबी गरेका छन्। पछिल्लो समय आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रियामा अर्थमन्त्रालयमा भएको विवादस्पद घटनामा चौधरी ग्रुपको विषय पनि जोडेर कतिपयले सामाजिक सञ्जालमा आलोचना गरिरहेकै बेला उक्त व्यवसायीक समूहका प्रवन्ध निर्देशक चौधरीले प्रतिवाद गर्दै यस्तो दाबी गरेका हुन्। उनले भनेका छन्, ‘यस्तो सम्मान पैसा र फोहोरी खुराफतबाट प्राप्त गर्न सम्भव हुदैन भन्ने कुरा हामीले बुझ्नुपर्छ। पारदर्शीता र समाजप्रतिको उत्तरदायि व्यवहार यसका मुख्य कडी हुन्। नेपालको एक मात्र बहुराष्ट्रिय कम्पनी चौधरी ग्रुप सामाजिक उत्तरदायित्वका कामका कारण विश्वमा चर्चित बनेको उल्लेख गर्दै उनले २०७२ सालको भूकम्प प्रभावितहरुका लागि चौधरी फाउण्डेसनमार्फत गरेका कामको सम्मानमा फोब्र्स म्यागेजिनले ग्रुपका अध्यक्ष विनोद चौधरीलाई आफ्नो कभर स्टोरी बनाएको बताएका छन्। कभरपेजमा चौधरीलाई समाज सेवाका नायक भनी वर्णन गरिएको थियो। फाउण्डेसनले भूकम्प प्रभावित २५ सय परिवारका लागि ट्रान्जिसनल सेल्टर निर्माण गरि भूकम्प पिडितहरुलाई हस्तान्तरण गरेको थियो। साथै, भूकम्पले अति प्रभावित भएको सिन्धुपाल्चोको गिरानचौरमा मोडल भिलेज निर्माण गरि हस्तान्तरण गरेको छ। भूकम्पमा परि घर भत्किएका सिन्धुपाल्चोकका ६२ परिवार अहिले सुन्दर घरमा बस्न पाएका छन्। कोरोनाले जनता प्रताडित भएको बेलामा चौधरी फाउण्डेसनले वीर अस्पतालमा अत्याधुनिक आईसियु वार्ड स्थापना गरेको थियो। यसको अलवा देशभरि अक्सिजन कन्सन्ट्रेटरको अभावमा विरामीहरुको ज्यान गइरहेका बेला सातै प्रदेशका विभिन्न अस्पतालमा चौधरी फाउण्डेसनले एक सयभन्दा बढि अक्सिजन कन्सन्ट्रेटर वितरण गरेको थियो। फाउण्डेसनले इलाम, भोजपुर, गौंर, कलैया, धादिङ, मेलम्ची, पर्वत, दुम्कौली, बर्दघाट, गुल्मी,, दैलेख, डोल्पा, बेलौरी, श्रीकोटलगायतका स्थानका सरकारी अस्पतालहरुलाई अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको थियो। देशका विकट ठाउँहरुसम्मका अस्पतालमा वितरण गरिएका अक्सिजन कन्सन्ट्रेटर र अन्य स्वास्थ्य उपकरणहरुले कोरोना विरुद्ध लडिरहेका नागरिकको जीवनमा ‘मरुभुमिको पानी’ बनेर सेवा गरिरहे। अस्पताललाई प्रत्यक्ष स्वास्थ्य उपकरण उपलब्ध गराउनमा मात्र फाउण्डेसन रोकिएन। तत्कालिन स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई मन्त्रालयमै भेटेर फाउण्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले तत्कालिन समयमा अत्यावश्यक रहेको भेण्टिलेटर हस्तान्तरण गरेको थियो। देशभरिमै अत्यन्त कम संख्यामा मात्र भेन्टिलेटर रहेको समयमा पनि फाउण्डेसनले एकै पटक आठवटा भेन्टिलेटर सहयोग गरेको थियो। चौधरी फाउण्डेसनले अक्सिजन कन्सन्ट्रेटर, भेन्टिलेटरलगायतका स्वास्थ्य सामाग्रीमात्र होइन, अस्पताल विशेषका आवश्यकता र माग अनुसारका अन्य महत्वपूर्ण स्वास्थ्य पुर्वाधारहरु पनि निर्माण गरेको थियो। अक्सिजनको चरम अभाव भोगीरहेको समयमा फाउण्डेसनले विरेन्द्रनगर र धनगढीका सरकारी अस्पतालमा अक्सिजन प्लान्ट नै स्थापना गरेको थियो । यसरी स्थापना गरिएका अक्सिजन प्लान्टबाट त्यहाँ हजारौं नागरिकले सुविधा प्राप्त गरेका थिए। नागरिक अक्सिजनको अभावमा तड्पिरहेको बेला फाउण्डेसनको सहयोगले धेरैको जीवनमा आएको खतरा टारेको थियो। कोरोनालगायतका महामारीका बेला मात्र होइन, चौधरी फाउण्डेसनले नागरिकको स्वास्थ्यमा सहयोग पु¥याउन नियमित रुपमा काम गरिरहेको छ। हालैमात्र देशको सबैभन्दा ठूलो र पुरानो बाल अस्पतालमा आकस्मिक कक्ष निर्माण गरेको छ। कान्ति बाल अस्पतालले निकै दुःखसंग जसोतसो १२ शैयामा आकस्मिक कक्ष चलाइरहेको थियो। देशभरका सर्वसाधरण जनताका सन्तानले उपचारकालागि धाउने अस्पतालको आकस्मिक कक्षमा व्यापक सुधार गरेको छ, फाउण्डेसनले। १२ शैयामा सिमित कक्षलाई २५ शैयामा विस्तार गरिएको छ। फाउण्डेसनले इमरजेन्सी वार्डको पुनर्संरचना गर्दै १८ अत्याधुनिक विद्युतीय शैयासहित २५ शैया, २५ मनिटर, २५ इन्फ्युजन पम्प, २५ सिरिन्ज पम्प, १४ रेडियन्ट वार्मर, ५ बबल सिप्याप मेसिन, २ इमरजेन्सी ट्रली, २ फोटोथेरापी युनिट, २ लिक्युड वामर, इसिजि मेसिन, पोर्टेबल कलर डोप्लर, हाइड्रोलिक सर्जिकल टेबल, ट्रान्सपोर्ट इन्क्युवेटरलगायतका सामाग्री पनि उपलब्ध गराएको छ। फाउण्डेसनले इमरजेन्सी वार्डलाई निशुल्क वाईफाई जोन पनि बनाएको छ । यसकोलागि सीजी नेटको इन्टरनेट जडान गरिएको छ।
प्रकाशित मिति: बुधबार, असार २२, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update