नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीचको मिलोमतोमा मुलुक संकटमा पर्न लागेको आरोप लगाउँदै उनीहरु दुबैमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन्।
नेकपा एमालेले हालै सार्वजनिक गरेको पार्टीको आर्थिक विभागमा सदस्यका रुपमा रहेका एम अधिकारी, खोटाङ, नै गभर्नर महाप्रसाद रहेको भन्ने समाचार प्रकाशित भएपछि कुनै अमुक पार्टीको संगठित सदस्य राष्ट्र बैंकको गभर्नर भएर बस्न नमिल्ने धारणा सार्वजनिक भइरहेकै बेला उनीहरुले दिँदै आएका विवादस्पद अभिव्यक्तिप्रति लक्षित गर्दै महतले यस्तो माग गरेका हुन्।
प्रतिनिधि सभाको बुधबारको शून्य समयमा बोल्दै सांसद एमाले अध्यक्ष ओली र गभर्नरलाई सरकारले बाँधेर राख्न माग गरे।
सांकेतिक रुपमा ओलीलाई ‘बार्दली बा’ र गभर्नरलाई ‘बार्दली बाका छोरा’को संज्ञा दिँदै यी दुबै बा र छोरा मिलेर देशलाई श्रीलंका बनाउन खोजेको आरोप लगाए।
उनले भने, ‘मलाई शंका लागिरहेकै थियो। एक जना बार्दलीबाट यो देशलाई श्रीलंका बनाइदिउँ भन्दै थिए। एक जना ढुकुटीमाथि बसेर म पनि यो देशलाई श्रीलंका बनाइदिउँं भन्दै थिए। यी दुई जनामा नाता पर्छ की जस्तो लागेको थियो मलाई। नभन्दै यिनी बा र छोरा रहेछन्। यी बार्दलीका हनुमान जस्तै पनि लाग्थ्यो मलाई। नभन्दै यी हनुमान पनि रहेछन्। त्रेता युगमा यीनीहरुले श्रीलंका जलाएका थिए। अहिले पनि श्रीलंका जलिरहेको छ। नेपाल पनि जलाउँछन् जस्तो लागिरहेको छ यिनीहरुले। यिनीहरुलाई बाँधेर राख्नुप¥यो सभामुख महोदय, सरकारलाई भन्नुप¥यो बाधेर राख्नुस्। नत्र यीनीहरुले नेपाल जलाउँछन्।’
प्रकाशित मिति: बुधबार, असार २९, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय