हिमाल दैनिक
उपसभामुख पदका लागि कांग्रेस सचेतक पुष्पा भुसालको उम्मेदवारी दर्ता
292760236_445336144138516_5729616686365736946_n
झण्डै तीन वर्षदेखि रिक्त रहेको प्रतिनिधि सभा उपसभामुख पदमा हुन लागेको निर्वाचनमा सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल (गौतम)को उम्मेदवारी परेको छ। पूर्ववर्ती नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई विस्थापित गर्दै गठबन्धनको तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार बनेको ठिक एक वर्षपछि हुन लागेको उपसभामुख पदको निर्वाचनका लागि सचेतक भुसालले बिहिबार उम्मेदवारी दिएकी हुन्। उनको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ र समर्थकमा नेकपा एकीकृत समाजवादीकी लक्ष्मीकुमारी चौधरी रहेकी छिन्। सभामुख अग्निप्रसाद सापकोटाले बुधबारको बैठकमा संसद सचिवालयका पदाधिकारीलाई निर्वाचनको कार्यतालिका तय गर्न दिएको निर्देशन अनुसार, शुक्रबार हुने निर्वाचनका लागि आज बिहान ११ बजेदेखि अपरान्ह १ बजेसम्म संसद भवन नयाँवानेश्वरमा मनोनयन दर्ताको समय राखिएको छ। विपक्षी दलको तर्फबाट अहिलेसम्म कुनै उम्मेदवारी परेको छैन र पनि एमालेसहितको विपक्षी मोर्चाबाट उम्मेदवारी पर्ने नपर्ने टुंगो छैन।
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update