हिमाल दैनिक
विगत तीन वर्षदेखि रिक्त रहँदै आएको प्रतिनिधि सभाको उपसभामुख पदका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले बुधबार तय गरेको निर्वाचन कार्यतालिका अनुसार आज बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा संसद सचिवालयमा दर्ता भएका उम्मदेवारबीच निर्वाचनको माध्यमबाट टुंगो लगाउने प्रक्रिया सुरु भएको हो। सभामुख सापकोटाले आजको बैठकमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सचेतक पुष्पा भुसाल गौतमलाई उपसभामुख पदमा निर्वाचित गर्न संसद सचिवालयमा दर्ता गरेका प्रस्तावक माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङलाई प्रस्ताव राख्न समय दिए। गुरुङले विगतमा संविधान सभामा संविधान निर्माण गर्ने प्रक्रियादेखि संसदीय अभ्यासमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल रहँदै आएकी भुसाललाई सबै सत्ता र प्रतिपक्षी दलले समर्थन गरी उनलाई निर्वाचित गर्नु पर्ने प्रस्ताव राखे। त्यसपछि विपक्षी दल नेकपा एमालेबाट उम्मेदवारी दिएकी विद्या भट्टराईका प्रस्तावक शान्ता चौधरीलाई आफ्नो प्रस्ताव पेश गर्न समय दिए।
प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update