हिमाल दैनिक
एक वर्षदेखि रिक्त कांग्रेसको प्रमुख सचेतकमा यादव, सचेतकमा विश्वकर्मा नियुक्त
294677595_3182738798632573_6348525049646081625_n
प्रधानमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले विगत १ वर्षदेखि रिक्त रहँदै आएको संसदीय दलको प्रमुख सचेतकमा सांसद चित्रलेखा यादवलाई नियुक्त गरेका छन्। कांग्रेसका सभापति समेत रहेका देउवाले गठबन्धन सरकारको नेतृत्व गरेलगत्तै मन्त्रिमण्डलमा समावेश गरेका तत्कालिन प्रमुख सचेतक बालकृष्ण खाणलाई गृहमन्त्री बनाएपछि रिक्त रहँदै आएको उक्त पदमा बुधबार यादवलाई नियुक्त गरेका हुन्। यसैगरी गत शुक्रबार कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल गौतम उपसभामुख पदमा निर्वाचित भएपछि रिक्त रहेको उक्त पदमा सांसद मीनबहादुर विश्वकर्मालाई नियुक्त गरेका हुन्। आजै मात्र नियुक्त भएकी प्रमुख सचेतक यादव पूर्व उपसभामुख पदमा रहेर काम गरिसकेकी सांसद हुन् जसले कांग्रेसको कोषाध्यक्ष समेत भएर एक कार्यकाल पूरा गरेकी थिइन्। यसैगरी सचेतकमा मनोनित विश्वकर्मा कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका छन्।
प्रकाशित मिति: बुधबार, साउन ४, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update