हिमाल दैनिक
संसदीय समितिले फरेन्सिक ल्याबका विज्ञहरुलाई छलफलका लागि बोलायो
parliamentary committee
पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको संसदीय विशेष समितिले नेपाल प्रहरीको फरेन्सिक ल्याबबाट प्राप्त रिपोर्टको प्राविधिक विषयमा फरेन्सिक ल्याबका विज्ञहरुसँग छलफल गर्ने भएको छ। मंगलवार सिंहदरबारमा बसेको समितिको बैठकले प्रहरीको फरेन्सिक ल्याबको रिपोर्ट ल्याबका विज्ञहरुसँगबाटै जानकारी लिन लागेको हो। बैठकपछि समितिका सदस्यसचिव सुरेन्द्र अर्यालले फरेन्सिक ल्याबबाट आएको रिपोर्टको प्राविधिक अध्ययन गर्नुपर्ने देखिएको जानकारी दिए। फरेन्सिक ल्याबबाट प्राप्त रिपोर्ट प्राविधिक भएकाले ल्याबका विज्ञसँग छलफल गरेर अप अध्ययन गर्न (मंगलवार) दिउँसो ४ बजेको बैठकमा विज्ञलाई आमन्त्रण गरिएको अर्यालले जानकारी दिँदै प्राविधिकहरूसँग बसेर समितिले छलफल गरेपछि मात्रै अन्य थप जानकारी दिन सकिने बताए। उनले भने, ‘सोमवार नेपाल प्रहरीको फरेन्सिक ल्याब पाएका सिसिटिभी फुटेज र हार्डडिक्स फिर्ता भएको थियो। आजको बैठकमा नेपाल प्रहरीको फरेन्सिक ल्याबबाट पाएका सिसिटिभी फुटेज र हार्डडिक्स खोलेर हेरौं। त्यसमा भएका विषयहरु प्राविधिक भएको हुनाले यो अनुसन्धानकै क्रममा रहेको छ। केही विषय प्राविधिक भएको कारण फरेन्सिक ल्याबका विज्ञहरुसँग नै जानकारी लिनुपर्ने भएकाले आज ४ बजे फरन्सिक ल्याबका विज्ञहरुसँग छलफल गरेर गर्छौं’ साथै उलने सिसिटिभीमा देखिने कुराहरु भन्दा पनि भित्रका प्राविधिक विषयहरु पनि भएको बताउँदै नेपाल फरेन्सिक ल्याबमा जसले काम ग¥यो उनीहरुसँग थप जानकारीको लागि छलफलमा बोलाएको बताए। चालु आर्थिक वर्षको बजेट निर्माणको प्रक्रियामा अर्थमन्त्री शर्माले अनाधिकृत व्यक्तिहरुलाई संलग्न गराएर करका दर हेरफेर गराएको आरोप लागेपछि संसदले उक्त विषयमा अध्ययन तथा छानविन गर्न विशेष समिति गठन गरेको थियो। उक्त समितिले विशेष गरी वैशाख १४ गते अर्थमन्त्रालयको सिसि क्यामेराका फुटज मागे पनि मन्त्रालयले डिलिट भएको जानकारी दिएपछि उक्त उपकरण प्राविधिक सहयोगका लागि प्रहरीको फरेन्सिक ल्याबमा पठाइएको थियो। जसमा मन्त्रालयले डिलिट भएर छैन भनिएको फुटेज पनि पुनः रिकभर भएको र उक्त फुटेजमा मानिसको अनुहार प्रष्ट नदेखिएको बताइएको छ। समितिले अर्थ मन्त्रालयले अर्थ मन्त्रालयको असार १३ र १४ गतेको सिसिटिभी डिलिट भएको जानकारी गराउँदै मन्त्रालयको सिसिटिभीको हार्डडिक्स नै समितिलाई दिएको थियो। समिमिले डिलिट भएको सिसिटिभी फुटेज रिकभर गर्नको लागि नेपाल प्रहरीको फरेन्सिक ल्याब पठाएको थियो । फरेन्सिक ल्याबले सोमवार समितिलाई हार्डडिक्स फिर्ता गरेको थियो।  
प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update