हिमाल दैनिक
कोराना भाइरसको नयाँ भेरियन्टले विरामीहरुको संख्या बढ्दै गएपछि प्रतिनिधि सभामा उपस्थित सांसदहरुलाई सावधानी अपनाउन निर्देशन जारी भएको छ। मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले कोभिड–१९ को बढ्दो संक्रमणप्रति ध्यान दिँदै सदनमा उपस्थित हुँदा सांसद सदस्यहरुले आवश्यक सावधानी अपनाउँदै भौतिक दुरी कायम गर्ने तथा मास्कको अनिवार्य प्रयोग गर्न निर्देशन दिए। विगतमा सांसदहरुले अनिवार्य मास्क र भौतिक दुरी कायम गर्ने गरेपनि पछिल्लो समय यो प्रचलनमा कमी आएकै बेला कोरोनाको नयाँ भेरियन्टको संक्रमण बढ्न थालेपछि सभामुखले यसतर्फ सचेत गराएका हुन्।
प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update